शनिबार, असार १४,२०८२ 10:25:31
  • शनिबार, असार १४,२०८२ 10:25:31
Global IME Bank Limited

कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा

Hyundai Nepal
कर छलीको आशंकामा चिनियाँ ईभीमाथि अनुसन्धान, बीवाईडी मुख्य निशानामा
Nabil Bank Limited

काठमाण्डौ । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई लक्षित गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारले ईभी सवारी साधनमा दिएको कर छुटको व्यवस्थालाई दुरुपयोग गरेर कर छली भईरहेको सूचनाको आधारमा विभागले चिनियाँ ईभी ब्राण्डमाथि छानबिन प्रक्रिया अघि बढाएको हो ।  

केहि दिन अघि विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्कामा ईभीको आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

विभागले विशेष गरेर चिनियाँ ईभी ब्राण्ड बीवाईडीलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेो जनाएको छ । अनुसन्धानका क्रममा विभागबाट खटिएको टोलिले बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकमा छापा मारेको छ । छापा मारेर ल्याइएको कागजात अपूग भएपनि विभागले थप काजजात पनि माग गरेको छ । विभागले अहिले थप कागजातका आधारमा अनुसन्धान भईरहेको जनाएको छ ।  

सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता र नेपाल भित्रिएका ईभी ब्राण्डको संख्यालाई केन्द्रविन्दुमा राखेर विभागले अनुसन्धान गरिरहेको छ । यतिबेला विशेष गरेर चिनियाँ नाका हुँदै आउने विद्युतीय सवारी साधनको मोटर क्षमता घटाउँदै कर छलि भईरहेको विभागले आशंका गरेको छ ।  

यसै विषयमा बीवाईडीसँगै एमजी मोटर्सको ईभी सवारीबारे समेत विभागले विवरण माग गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.