विद्युतीय सवारी आयातमा ७ अर्ब ३१ करोड बाहिरियो, दुई महिनाको व्यापार घाटा ३ खर्ब २५ अर्ब
-रविन ठकुरी काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य देखिएको छ। साउन र भदौमा विभिन्न वर्गका ६ हजार ६४८ विद्युतीय सवारी आयात हुँदा करिब ७ अर्ब ३० करोड ७५ लाख रुपैयाँ बाहिरिएको छ। ती सवारीको आयातबाट सरकारले करिब ४ अर्ब ५० करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको विवरणमा उल्लेख छ।विद्युतीय सवारीको यो संख्यामा तयार सवारीसँगै...

