मंगलवार, श्रावण २६,२०८३ 05:32:48
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:32:48
Bizshala
Global IME Bank Limited

टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा

Prabhu Bank Limited
टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा
New Office

काठमाण्डौ । अमेरिकाको विद्युतीय कार(ईभी)निर्माता कम्पनी फिस्कर टाट पल्टने संघारमा पुगेको छ । खराब व्यवसायका कारण कम्पनीको उत्पादन बन्द भएको छ ।  

यसको प्रत्यक्ष प्रभाव कम्पनीको सेयरमूल्यमा परेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ सेन्टमा झरेको छ । यसअघि सन् २०२१ मा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८.५० डलरको उचाईमा पुगेको थियो ।  

उत्पादन बन्द भएपनि कम्पनीले कार बिक्री गर्न भने छाडेको छैन । कम्पनीले एसयुभी कार बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो ओसियन एसयुभीको मूल्य ३९ प्रतिशतले कटौती गरेको छ । तर यो कारले अटो समीक्षकहरुबाट प्रशंसाभन्दा पनि धेरै आलोचना पाएको छ । कम्पनीले ओसियन एक्सट्रिमको मूल्य ६२ हजार ५ सय डलरबाट झारेर ३७ हजार ५ सय डलर कायम गरेको छ ।  

यस्तै कम्पनीले अर्को मोडल स्पोर्ट ट्रिमको मूल्य पनि ३९ हजार डलरबाट २५ हजार डलरमा झारेको छ ।  

फिस्करले मूल्य कटौतीलाई बिक्री बढाउने नीतिभन्दा पनि नयाँ रणनीतिक चालका रुपमा व्याख्या गरेको छ ।  

कम्पनीका कारले धेरै नै खराब प्रतिक्रियाहरु पाएका छन् । ओसियन कारको रिभ्यु गर्दै अमेरिकी युटुबर मार्क्युज ब्राउनलीले यो कार रिभ्यु गरेको मध्ये अहिले सम्मकै सबैभन्दा खराब भएको बताएका छन् ।  

उनले भिडियोमा यो कार खरिद नगर्न भन्दै प्रतिक्रिया जनाएका छन् । ४० लाख ८० हजारले हेरेको यो भिडियो रिलजि भएपछि फिस्करको सेयरमूल्य ओरालो लाग्न सुरु भएको हो ।  

फिस्कर सन् २०१६ मा डेनमार्कका अटो डिजाइनर हेनरिक फिस्करले स्थापना गरेको कम्पनी हो । सन् २०२३ को अन्त्यसम्म कम्पनीले अमेरिका र युरोपका १२ वटा डिलरसँग सम्झौता गरेको थियो ।  

मार्च महिनाको सुरुवातमा दैनिक कार्य सञ्चालनका लागि कम्पनीसँग पैसाको अभाव हुनसक्ने खबर बाहिरिएको थियो । कम्पनीको एययुभी कन्ट्राक्ट म्यानुफ्याक्चरिङ कम्पनी म्याग्ना स्टियरले अष्ट्रियामा उत्पादन गर्ने गर्छ । गत वर्ष म्याग्नाले फिस्करको १० हजार १९३ युनिट एसयुभी उत्पादन गरेको थियो । तर यो मध्ये आधिभन्दा कम मात्रै ग्राहकहरुलाई डेलिभर गरिएको थियो ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X