शनिबार, असार १४,२०८२ 05:43:33
  • शनिबार, असार १४,२०८२ 05:43:33
Global IME Bank Limited

टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा

Hyundai Nepal
टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाको विद्युतीय कार(ईभी)निर्माता कम्पनी फिस्कर टाट पल्टने संघारमा पुगेको छ । खराब व्यवसायका कारण कम्पनीको उत्पादन बन्द भएको छ ।  

यसको प्रत्यक्ष प्रभाव कम्पनीको सेयरमूल्यमा परेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ सेन्टमा झरेको छ । यसअघि सन् २०२१ मा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८.५० डलरको उचाईमा पुगेको थियो ।  

उत्पादन बन्द भएपनि कम्पनीले कार बिक्री गर्न भने छाडेको छैन । कम्पनीले एसयुभी कार बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो ओसियन एसयुभीको मूल्य ३९ प्रतिशतले कटौती गरेको छ । तर यो कारले अटो समीक्षकहरुबाट प्रशंसाभन्दा पनि धेरै आलोचना पाएको छ । कम्पनीले ओसियन एक्सट्रिमको मूल्य ६२ हजार ५ सय डलरबाट झारेर ३७ हजार ५ सय डलर कायम गरेको छ ।  

यस्तै कम्पनीले अर्को मोडल स्पोर्ट ट्रिमको मूल्य पनि ३९ हजार डलरबाट २५ हजार डलरमा झारेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

फिस्करले मूल्य कटौतीलाई बिक्री बढाउने नीतिभन्दा पनि नयाँ रणनीतिक चालका रुपमा व्याख्या गरेको छ ।  

कम्पनीका कारले धेरै नै खराब प्रतिक्रियाहरु पाएका छन् । ओसियन कारको रिभ्यु गर्दै अमेरिकी युटुबर मार्क्युज ब्राउनलीले यो कार रिभ्यु गरेको मध्ये अहिले सम्मकै सबैभन्दा खराब भएको बताएका छन् ।  

उनले भिडियोमा यो कार खरिद नगर्न भन्दै प्रतिक्रिया जनाएका छन् । ४० लाख ८० हजारले हेरेको यो भिडियो रिलजि भएपछि फिस्करको सेयरमूल्य ओरालो लाग्न सुरु भएको हो ।  

फिस्कर सन् २०१६ मा डेनमार्कका अटो डिजाइनर हेनरिक फिस्करले स्थापना गरेको कम्पनी हो । सन् २०२३ को अन्त्यसम्म कम्पनीले अमेरिका र युरोपका १२ वटा डिलरसँग सम्झौता गरेको थियो ।  

मार्च महिनाको सुरुवातमा दैनिक कार्य सञ्चालनका लागि कम्पनीसँग पैसाको अभाव हुनसक्ने खबर बाहिरिएको थियो । कम्पनीको एययुभी कन्ट्राक्ट म्यानुफ्याक्चरिङ कम्पनी म्याग्ना स्टियरले अष्ट्रियामा उत्पादन गर्ने गर्छ । गत वर्ष म्याग्नाले फिस्करको १० हजार १९३ युनिट एसयुभी उत्पादन गरेको थियो । तर यो मध्ये आधिभन्दा कम मात्रै ग्राहकहरुलाई डेलिभर गरिएको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.