मंगलवार, श्रावण २६,२०८३ 05:43:27
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:43:27
Bizshala
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीको तीन नयाँ मोडल, मूल्य ३०.७५ लाखदेखि ७८ लाखसम्म

Prabhu Bank Limited
नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीको तीन नयाँ मोडल, मूल्य ३०.७५ लाखदेखि ७८ लाखसम्म
New Office

काठमाण्डौ । बीवाईडीले नेपाली बजारमा एकैपटक तीन नयाँ मोडल सार्वजनिक गरेको छ ।  

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’मार्फत एटो १ र एटो ३ का फेसलिफ्ट संस्करण तथा एटो २ को नयाँ बेस भेरियन्ट सार्वजनिक गरेको हो ।

तीन नयाँ मोडल बजारमा आएसँगै बीवाईडीले नेपाली बजारमा आफ्नो एटो सिरिजलाई थप विस्तार गरेको छ  । विशेषगरी ४५ किलोवाट आवर ब्याट्रीसहितको एटो २ को नयाँ बेस भेरियन्टले तुलनात्मक रूपमा कम मूल्यमा कम्प्याक्ट विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ ।

४५ किलोवाट आवर ब्याट्रीसहित एटो २

यसअघि नेपालमा एटो २ को ५१.१३ किलोवाट आवर ब्याट्री भएको भेरियन्ट मात्र उपलब्ध थियो । अब कम्पनीले ४५ किलोवाट आवर ब्याट्रीसहितको ‘एसेन्सियल’ बेस भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ ।

नयाँ एटो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एटो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

बीवाईडीले एटो २ लाई कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा बजारमा प्रस्तुत गर्दै आएको छ। नयाँ बेस भेरियन्ट थपिएसँगै ग्राहकले आफ्नो बजेट र आवश्यकताअनुसार एटो २ का विभिन्न विकल्पमध्ये छनोट गर्न सक्ने भएका छन् ।  

एटो ३ फेसलिफ्टमा डिजाइन र चार्जिङमा सुधार

बीवाईडीले नेपाली बजारमा लामो समयदेखि बिक्री हुँदै आएको एटो ३ को फेसलिफ्ट संस्करणसमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ एटो ३ मा बाहिरी डिजाइनसँगै प्रविधि र चार्जिङ प्रणालीमा समेत सुधार गरिएको छ ।

एटो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सुपेरियर भेरियन्टको मूल्य ७८ लाख रुपैयाँ रहेको छ ।

नेपाली विद्युतीय सवारीसाधन बजारमा बीवाईडीको लोकप्रिय मोडलमध्ये रहेको एटो ३ को फेसलिफ्ट संस्करणमा डिजाइन तथा प्रविधिमा गरिएको सुधारले यसको प्रतिस्पर्धात्मक क्षमता थप बढाउने अपेक्षा गरिएको छ ।

नयाँ डिजाइनमा ‘एटो १ फेसलिफ्ट’ नेपालमा

बीवाईडीले आफ्नो सानो विद्युतीय ह्याचब्याक एटो १ को फेसलिफ्ट संस्करण पनि सार्वजनिक गरेको छ । सहरी आवतजावत तथा इन्ट्री लेभल विद्युतीय गाडीका रूपमा लक्षित एटो १ को नयाँ संस्करणमा डिजाइन र फिचरमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

एटो १ फेसलिफ्टको डायनामिक भेरियन्टको मूल्य ३० लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ८० हजार रुपैयाँ रहेको छ ।

नेपालमा उपलब्ध एटो १ को डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको चार्जमा करिब २३० किलोमिटर रेन्ज दिने कम्नपीले जनाएको छ ।

फेसलिफ्ट संस्करणमा वायरलेस चार्जर र ३६० डिग्री क्यामरालगायतका थप फिचर समावेश गरिएको कम्पनीले जनाएको छ। नयाँ सुविधा तथा प्रविधिले सहरी क्षेत्रमा दैनिक प्रयोगका लागि एटो १ लाई थप सहज र सुविधाजनक बनाउने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X