आईतवार, फाल्गुन ११,२०८१ 04:41:22
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:41:22
IME remit
Global IME Bank Limited

पश्चिमा देशहरुमा रुचाइँन्न बीवाईडीको ईभी, गुणस्तरमाथि प्रश्नै प्रश्न

Hyundai Nepal
पश्चिमा देशहरुमा रुचाइँन्न बीवाईडीको ईभी, गुणस्तरमाथि प्रश्नै प्रश्न
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडी घरेलु बजारमा निकै सफल बनेको छ । तर कम्पनीले पश्चिमा देशहरुमा भने आफ्नो प्रभुत्व कायम गर्न कयौं संघर्ष र चुनौतीहरुको सामना गर्नु परिरहेको छ ।  

प्रोप्राईटरी ब्याट्री प्रविधि, स्वदेशमै निर्माण भएको पाट्स,अत्यावश्यक कच्चा पर्दाथमा पहुँच र चिनियाँ सरकारको समर्थन जस्ता प्रतिस्पर्धि लाभका बाबजुत पनि बीवाईडीले पश्चिमा देशहरुमा आफ्नो उपस्थिती बलियो बनाउन सकिरहेको छैन । कमजोर बजार माग, महत्वाकांक्षी बिक्री लक्ष्य,त्रुटिपूर्ण मूल्य निर्धारण रणनीति,पश्चिमी देशहरुद्वारा नियामकीय अनुसन्धान,गुणस्तरप्रतिको चाँसो र आयातपश्चात समायोजनको आवश्यकता तथा महत्वपूर्ण मर्मतहरु गुर्न पर्ने जस्ता कारणले कम्पनीले पश्चिममा प्रवेश गर्न सकिरहेको छैन ।  

अनुसन्धान  

युरोपेली कमिसनले चीन सरकारले आफ्नो ईभी सेक्टरलाई उपलब्ध गराएको अनुदानले बजारलाई विकृत गरेको आरोप लगाएको छ । युरोपेली देशहरुको मुख्य चुनौति भनेको चीन सरकारले ईभी र अन्य हरित प्रविधिका लागि प्रदान गरेको अनुदान र करलाई पहिचान गर्नु हो । युरोपेली कमिशनले चीनले ‘एन्टी सब्सिडी’ नियमको उल्लंघन गरेको छ कि भन्ने बारे तथ्यांक र प्रमाण जुटाउने योजना बनाएको छ । यदि यस विषयमा नियम उल्लंघन गरेको पाइएमा ईयुले आवश्यक कदम चाल्नेछ । जसमा ईयुले छानबिन सुरु भएको ९ महिनाभित्र चिनियाँ ईभी आयातमा अस्थायी शुल्क लगाउने र १३ महिनाभित्र स्थायी शुल्क लगाउन सक्नेछ ।  

यस्तै युरोपमा प्रवेश गर्ने चिनियाँ कारहरुले अमेरिकाले चिनियाँ ईभीमा पहिले देखिनै लागू गरेको २७.५ प्रतिशत करको सामना गर्न सक्छ । हालैमात्रै अमेरिकी राष्ट्रपति जो बाईडेनले मुद्रास्फिती न्यूनिकरण ऐनअन्तर्गत यस्ता अनुदानको लाभ उठाएका वस्तुहरुको आयातमा कर लगाउने निर्णय स्थानिय अटो निर्मातालाई सुरक्षा प्रदान गर्न गरिएको रणनीतिक कदम हो ।  

सन् २०२३ मा भारतले एक स्थानिय कम्पनीसँगको साझेदारीमा १ बिलियन डलरबराबरको ईभी कारखाना स्थापना गर्ने बीवाईडीको प्रस्तावलाई अस्विकार गरेको थियो ।  

यस्तै कदम अष्ट्रेलियाले पनि उठाएको थियो । अष्ट्रेलियाले चिनियाँ कम्पनीसँग जोडिएको लिथियम खानी कम्पनीको अधिग्रहणमा रोक लगाएको थियो ।  

गुणस्तर चाँसो  

इर्भी कारप्रतिको गुणस्तरको चाँसोले ग्राहकको सोच र ग्रहण गर्ने दरमा महत्वपूर्ण प्रभाव पार्ने गर्छ । यी चासोहरुमा ब्याट्राीको आयु र गिरावट,चार्जिङ पूर्वाधारको विश्वसनियता,सवारी साधनको रेञ्ज,बनावटको गुणस्तर तथा फिनिसिङ,सफ्टवेयर बग तथा अपडेट र सुरक्षाका विषयहरु समावेश हुन्छन् । बीवाईडीले प्रायःआफ्नो सवारी साधनको गुणस्तरसँग सम्बन्धित विषयमा चुनौतिको सामना गरिरहेको छ । कम्पनीका लागि चीनमा बनेका कारहरुको गुणस्तरका बारेमा स्थापित मान्यता र स्टेरियोटाइपहरु हटाउन आवश्यक देखिन्छ ।  

ब्याट्रीको आयु र चार्जिङ पूर्वाधार  

ईभी सवारीप्रति मुख्य चासोको विषय भनेको समयको अन्तरालसँगै ब्याट्रीको कार्यक्षमता र यसको स्थायित्वसँग हुने गर्छ । समय बित्दै जाँदा ईभी गाडीहरुको ब्याट्रीको चार्ज क्षमता घट्ने भएकाले यसले गाडीको रेञ्ज र समग्र कार्यक्षमतालाई नै प्रभावित पार्न सक्छ ।  

उपभोक्ताको मुख्य सरोकार ब्याट्री प्रतिस्थापनले सम्भावित लगात र वातावरणमा पार्ने प्रभावमा केन्द्रित हुने गर्छ । चार्जिङ स्टेशनको सञ्जाल विस्तार भएसँगै चार्जिङ प्रक्रियाको विश्वसनियता र स्थिरताका बारेमा पश्न चिन्हहरु खडा भएका छन् । चार्जिङ उपकरणको खराबी,सुस्त चार्जिङ र निश्चित क्षेत्रहरुमा सीमित कभरेज जस्ता समस्याहरुले विद्युतीय सवारीका सम्भावित खरिदकर्ताहरुलाई निरुत्साहित गर्न सक्छ ।  

लजिस्टीक र आपूर्ति श्रृंखला

स्थानीय आपूर्ति सञ्जाल स्थापना गर्नका लागि प्रभावकारी लजिस्टीक र यातायात पूर्वाधार आवश्यक पर्छ । यसले वस्तु तथा सामाग्रीको चुस्त दुरुस्त ढुवानीलाई बढावा दिने गर्छ । चिनियाँ अटो निर्माताहरुले पनि युरोपमा बलियो डिलसशीप र सर्भिस सेन्टरका लागि  लगानी गर्न आवश्यक देखिन्छ ।  

पूर्वाधार र यातायात सञ्जाल त्यति विकास नभएको हंगेरीमा बीवाईडीले आफ्नो आपूर्ति श्रृंखला लजिस्टीक विस्तार गर्न समस्याको सामना गर्नु पर्ने हुनसक्छ । साथै,वस्तु तथा सामाग्रीका लागि उच्च गुणस्तरको विश्वासिलो स्रोत भेटाउनु पनि कम्पनीका लागि अर्को चुनौती बन्न सक्छ ।  

कम्पनीले गुणस्तर कायम राख्न र बिना अवरोध आपूर्ति जारी राख्न सक्ने सम्भावित आपूर्तिकर्ताको छनौट गर्नुपर्ने समेत देखिन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

बनावट गुणस्तर र सफट्वेयर  

हालै सार्वजनिक भएको रिपोर्टमा चीनबाट आयात भएका गाडीहरुमा धेरै मर्मत र एडजेस्टमेन्टको आवश्यकता पर्ने उल्लेख गरिएको थियो । जापानमा ढुवानी भएको बीवाईडीको कार कोरिएको र युरोपमा ढुवानी भएकोमा बांग्रिएको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तै अन्य प्रयोगकर्ताहरुले ब्याट्री र अन्य सामान्य असुविधाको सामना गरेको उल्लेख गरेका छन् । केहि ग्राहकले जीसीएसले गलत दिशा देखाएको, कारको वासर र वाइपर सिस्टममा समस्या देखिएको समेत बताएका छन् ।  

आधुनिक ईभी कारहरु कार्य सञ्चालनहरु जस्तै ड्राईभिङ असिस्टेन्ट फिचर्स,ब्याट्री म्यानेजमेन्ट र इन्फोटेनमेन्ट फिचर्सका लागि मुख्य रुपमा सफ्टवेयरमा निर्भर रहने गर्छन । सफ्टवेयर बग र बेलाबेलामा अपडेट गरिरहनु पर्ने आवश्यकताले ग्राहकको ईभीप्रतिको धारणामा परिवर्तन ल्याउन सक्ने भएकाले यसले गाडीको विश्वसनियता र सुरक्षामा प्रश्न उब्जाउन सक्छ ।  

मूल्य रणनीति

बीवाईडीले चीनबाहिर बिक्री गर्ने सवारी साधनको मूल्य तुलनात्मक रुपमा बढी छ । यसले कम्पनीको अन्य स्थापित ब्राण्डको तुलनामा कम्पनीको मूल्य प्रतिस्पर्धा क्षमतामा ह्रास आएको छ । बीवाईडीको मुख्य बजार जर्मनीमा बीवाईडीको अटो थ्रिको मूल्य ४१ हजार डलर बढी छ । यहि कारको मूल्य चीनमा भने २० हजार डलर मात्रै रहेको छ ।  

यो मूल्य रणनीतिले उस्तै प्रकृतिको भोल्सवागेनको आईडी थ्रिको मूल्यको तुलनामा अटो थिको मूल्य केवल ३ प्रतिशतले मात्रै कम छ ।  

बीवाईडीले मेक्सिकोमा कारखाना स्थापना गर्ने घोषण गरिसेको छ । यसका साथै कम्पनीले मेक्सिकोमा २१ हजार युनिट ईभी डल्फिन मिनीस् बिक्री गरिसकेको छ । चीनमा निर्माण भएर अमेरिकामा आयाता भएका कारमा २५ प्रतिशत कर लगाइएको छ । तर मेक्सिको अमेरिका र क्यानडाको सम्झौता अनुसार मेक्सिकोमा एसेम्बल भएको कम्पनीको कारमा भने २.५ प्रतिशत मात्रै करको व्यवस्था गरिएको छ ।  

बिक्री लक्ष्य  

ईभी कारको निर्माण खर्चमा कमी आएपनि विश्वभर ईभी कारको मागमा भने गिरावट आईरहेको छ । बीवाईडीका उच्च व्यवस्थापनले निर्धारण गरेको बिक्रीको लक्ष्यलाई क्षेत्रले बाँडफाँड गर्छ र बजार विेशषको अवस्था बिनै क्षेत्रगत प्रमुखहरुलाई यसको जानकारी प्रदान गर्ने गरिन्छ ।    

कम्पनीको यस्तो रणनीतिले सन् २०२३ मा कम्पनीको बैठकको क्रममा विवाद उत्पन्न भएको थियो । उक्त बैठकमा एक वरिष्ठ कार्यकारीले युरोपका लागि निर्धारण गरिएको बिक्री लक्ष्य कमजोर माग र गुणस्तरमा सुधारको आवश्यकताका कारण भेट्टाउन सकिने खालको भएको बताएका थिए ।

यी र यस्ते यावत विषयले बीवाईडीलाई पश्चिमा देशहरुमा आफ्नो प्रभुत्व कायम गर्न कठिनाई भईरहेको छ । जसलाई कम्पनीले आगामी दिनमा कसरी सम्बोधन गर्छ भन्ने प्रतिक्षाको विषय बनेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.