शनिबार, असार १४,२०८२ 09:46:48
  • शनिबार, असार १४,२०८२ 09:46:48
Global IME Bank Limited

बिवाईडीको नाफामा ८०% को उछाल, ईभी निर्माताहरुबीच बढ्दो मूल्ययुद्ध

Hyundai Nepal
बिवाईडीको नाफामा ८०% को उछाल, ईभी निर्माताहरुबीच बढ्दो मूल्ययुद्ध
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी बिवाईडीको मुनाफामा ८० प्रतिशतको उछाल आएको छ । कम्पनीले टेस्लाबाट सबैभन्दा बढी कार बिक्री गर्ने उपाधि खोसेसँगै एक वर्षको अवधिमा ८० प्रतिशत मुनाफा बढाएको हो ।  

कम्पनीको मुनाफा लगभग दोब्बरले वृद्धि हुँदै ४.२ अर्ब डलर पुगेको छ । जटिल बाह्य वातावारण्का बावजुत पनि कम्पनीले मुनाफा वृद्धि गर्न सफल भएको जनाएको छ ।  

बिवाईडीले गत वर्षको अन्तिम तीन महिनाको अवधिमा टेस्लाबाट सर्वाधिक कार बिक्रीकर्ताको उपाधि खोसेको थियो । सेयर बजारका बादशाह वारेन बफेटद्वारा समर्थित कम्पनी बिवाईडीले गत वर्षको अन्तिम त्रैमासमा ५ लाख २५ हजार ४०९ युनिट कार बिक्री गरेको थियो । जुन टेस्लाको ४ लाख ८४ हजार ५०७ युनिटको तुलनामा धेरै हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

समग्रमा गत वर्ष कम्पनीले विश्वभर ३० लाख २० हजार युनिट कार बिक्री गरेको थियो । जुन सन् २०२२ को तुलनामा ६२ प्रतिशतले धेरै हो । यसमा १४ लाख ४० हजार युनिट प्लग–इन हाईब्रिड पनि समावेश छ । जुन टेस्ला कम्पनीले भने बिक्री गरेको थिएन ।  

बढ्दो मूल्ययुद्ध  

टेस्लाको तुलनामा बिवाईडीका कारहरु सस्तो छन् । जसले कम्पनीलाई विविध वर्गका ग्राहकहरुलाई आकर्षित गर्न सहयोग गरेको छ । चीनमा बिवाईडीको इन्ट्री लेभल कारको मूल्य १० हजार डलर मात्रै छ । तर टेस्लाको सबैभन्दा सस्तो कारको मूल्य भने ३९ हजार डलर छ ।  

बढ्दो प्रतिष्पर्धा र मूल्ययुद्धले गत वर्ष बिवाईडीसहित धेरैजसो चिनियाँ कम्पनीहरुको मुनाफा प्रभावित बनेको छ । गत वर्ष चीनको कार उद्योगको औसत मुनाफादर ५ प्रतिशत मात्रै रहेको थियो । जुन सन् २०२२ मा ५.७ प्रतिशत र सन् २०२१ मा ६.१ प्रतिशत थियो ।  

मुनाफामा गिरावट आईरहेपनि मूल्ययुद्ध भने रोकिने संकेत देखिदैन । यो महिनामा बिवाईडीले आफ्नो सबैभन्दा सस्तो ईभी कार, सीगलको मूल्य ५ प्रतिशतले घटाईसकेको छ । कम्पनीले सिगलको मूल्य ९ हजार ६७० डलर कायम गरेको छ ।  

त्यस्तै अन्य चिनियाँ कम्पनी गिलि,चेरी र एक्सपेङ मोटर्सले पनि मूल्यमा कटौती गरेका छन् ।    -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.