आईतवार, श्रावण ३१,२०८३ 09:07:38
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:07:38
Bizshala
Global IME Bank Limited

बिवाईडीको नाफामा ८०% को उछाल, ईभी निर्माताहरुबीच बढ्दो मूल्ययुद्ध

Prabhu Bank Limited
बिवाईडीको नाफामा ८०% को उछाल, ईभी निर्माताहरुबीच बढ्दो मूल्ययुद्ध
New Office

काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी बिवाईडीको मुनाफामा ८० प्रतिशतको उछाल आएको छ । कम्पनीले टेस्लाबाट सबैभन्दा बढी कार बिक्री गर्ने उपाधि खोसेसँगै एक वर्षको अवधिमा ८० प्रतिशत मुनाफा बढाएको हो ।  

कम्पनीको मुनाफा लगभग दोब्बरले वृद्धि हुँदै ४.२ अर्ब डलर पुगेको छ । जटिल बाह्य वातावारण्का बावजुत पनि कम्पनीले मुनाफा वृद्धि गर्न सफल भएको जनाएको छ ।  

बिवाईडीले गत वर्षको अन्तिम तीन महिनाको अवधिमा टेस्लाबाट सर्वाधिक कार बिक्रीकर्ताको उपाधि खोसेको थियो । सेयर बजारका बादशाह वारेन बफेटद्वारा समर्थित कम्पनी बिवाईडीले गत वर्षको अन्तिम त्रैमासमा ५ लाख २५ हजार ४०९ युनिट कार बिक्री गरेको थियो । जुन टेस्लाको ४ लाख ८४ हजार ५०७ युनिटको तुलनामा धेरै हो ।  

CG Motors

समग्रमा गत वर्ष कम्पनीले विश्वभर ३० लाख २० हजार युनिट कार बिक्री गरेको थियो । जुन सन् २०२२ को तुलनामा ६२ प्रतिशतले धेरै हो । यसमा १४ लाख ४० हजार युनिट प्लग–इन हाईब्रिड पनि समावेश छ । जुन टेस्ला कम्पनीले भने बिक्री गरेको थिएन ।  

बढ्दो मूल्ययुद्ध  

टेस्लाको तुलनामा बिवाईडीका कारहरु सस्तो छन् । जसले कम्पनीलाई विविध वर्गका ग्राहकहरुलाई आकर्षित गर्न सहयोग गरेको छ । चीनमा बिवाईडीको इन्ट्री लेभल कारको मूल्य १० हजार डलर मात्रै छ । तर टेस्लाको सबैभन्दा सस्तो कारको मूल्य भने ३९ हजार डलर छ ।  

बढ्दो प्रतिष्पर्धा र मूल्ययुद्धले गत वर्ष बिवाईडीसहित धेरैजसो चिनियाँ कम्पनीहरुको मुनाफा प्रभावित बनेको छ । गत वर्ष चीनको कार उद्योगको औसत मुनाफादर ५ प्रतिशत मात्रै रहेको थियो । जुन सन् २०२२ मा ५.७ प्रतिशत र सन् २०२१ मा ६.१ प्रतिशत थियो ।  

मुनाफामा गिरावट आईरहेपनि मूल्ययुद्ध भने रोकिने संकेत देखिदैन । यो महिनामा बिवाईडीले आफ्नो सबैभन्दा सस्तो ईभी कार, सीगलको मूल्य ५ प्रतिशतले घटाईसकेको छ । कम्पनीले सिगलको मूल्य ९ हजार ६७० डलर कायम गरेको छ ।  

त्यस्तै अन्य चिनियाँ कम्पनी गिलि,चेरी र एक्सपेङ मोटर्सले पनि मूल्यमा कटौती गरेका छन् ।    -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.