काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले डिपसिकसँग मिलेर स्वचालित सवारी प्रविधि विकास गर्ने घोषणा गरेसँगै अमेरिकी कम्पनी टेस्लाको सेयरमूल्यमा उच्च गिरावट आएको छ ।
पछिल्लो कारोबारमा टेस्लाको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयरमूल्य लगातार ५ दिन घटेको छ । यो बीचमा कम्पनीको सेयरमूल्य १७ प्रतिशतले घट्दै प्रतिकित्ता ३२८.५० डलरमा झरेको छ । सेयरमूल्यमा आएको व्यापक गिरावटका कारण कम्पनीको बजार पूँजीकरण २०० अर्ब डलरले घटेको छ ।
पछिल्लो समय टेस्लाको मुख्य प्रतिष्पर्धि कम्पनीको रुपमा देखा परेको बीवाईडीले गत सोमबार कम्तिमा आफ्ना २१ वटा मोडलमा आंशिक रुपमा स्वचालित सवारी प्रणाली प्रयोग गर्ने घोषणा गरेको थियो । जसमा अटोमेटीक पार्किङ र हाईवे नेभिगेसन जस्ता फिचर्स रहने छन् ।