सोमबार, भाद्र १,२०८३ 11:15:45
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 11:15:45
Bizshala
Global IME Bank Limited

एनसेल र बीवाईडीबीच रणनीतिक साझेदारी, अब गाडीमै चल्नेछ इन्टरनेट

एनसेल र बीवाईडीबीच रणनीतिक साझेदारी, अब गाडीमै चल्नेछ इन्टरनेट
New Office

काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउने रणनीतिक साझेदारी भएको छ।

साझेदारीसँगै नेपालमा बिक्री हुने उपयुक्त बीवाईडी सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिनेछ। यसबाट बीवाईडीका ग्राहकले मोबाइल फोन जोड्न वा वाई–फाई हटस्पट प्रयोग गर्न नपर्ने गरी गाडीमै प्रत्यक्ष इन्टरनेट कनेक्टिभिटी प्राप्त गर्नेछन्।

आईओटी सिमले बीवाईडी एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्नेछ। प्रयोगकर्ताले सवारीसाधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत अनलाइन सेवा तथा डिजिटल मनोरञ्जनका सुविधा प्रयोग गर्न सक्नेछन्।

Bizshala
CG Motors

सुविधाको उपलब्धता भने सवारीसाधनको मोडल, सफ्टवेयर संस्करण र नेपालमा उपलब्ध सेवाअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ। कनेक्टिभिटी एनसेलको मोबाइल नेटवर्कमार्फत सञ्चालन हुनेछ भने प्रयोगकर्ताको अनुभव नेटवर्क कभरेज, स्थान तथा सवारीसाधनको कन्फिगरेसनमा निर्भर रहनेछ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीका सुविधा विस्तार गर्ने बताए।

“बीवाईडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाका लागि सवारीसाधनमै प्रत्यक्ष कनेक्टिभिटी उपलब्ध गराउँदा प्रयोगकर्ता बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर रहनुपर्दैन,” दत्ताले भने, “स्थानीय नेटवर्कमा जोडिँदा यात्रा वा ट्राफिक जाममा रहेका बेला पनि थप भरपर्दो नेभिगेसन प्राप्त गर्न सहयोग पुग्नेछ।”

यो सुविधा नयाँ सवारी खरिद गर्ने ग्राहकमा मात्र सीमित हुने छैन। हाल बीवाईडी सवारीसाधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभरका १३ स्थानमा रहेका बीवाईडीका आधिकारिक सर्भिस सेन्टरमार्फत आफ्नो गाडीमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन्।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यलाई बीवाईडी ग्राहकको स्वामित्व अनुभव थप उन्नत बनाउने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

“बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा रहँदै आएको छ,” श्रेष्ठले भने, “भरपर्दो इन–भेहिकल कनेक्टिभिटीले प्रयोगकर्तालाई बीवाईडी सवारीसाधनका इन्टेलिजेन्ट सुविधाहरू पूर्ण रूपमा अनुभव गर्न सहयोग गर्नेछ।”

कनेक्टिभिटी प्लान, सेवा अवधि तथा शुल्कसम्बन्धी विवरण भने सवारीसाधनको मोडल वा सेवा प्याकेजअनुसार निर्धारण हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.