शनिबार, श्रावण ९,२०८३ 03:26:30
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 03:26:30
Bizshala
Global IME Bank Limited

दुई वर्षमा पहिलोपटक बढायो टेस्लाले मोडल वाईको मूल्य

दुई वर्षमा पहिलोपटक बढायो टेस्लाले मोडल वाईको मूल्य
New Office

काठमाण्डौ । विद्युतीय सवारी निर्माता टेस्लाले अमेरिकामा आफ्ना मोडल वाई कारहरुको मूल्य बढाएको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार शनिबारदेखि विभिन्न मोडलहरूको मूल्य संशोधन गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार मोडल वाई प्रिमियम अल ह्विल ड्राइभको मूल्य १ हजार डलरले बढाएर ४९ हजार ९९० डलर कायम गरिएको छ। त्यस्तै, मोडल वाई प्रिमियम रियर ह्विलको मूल्य पनि १ हजार डलरले वृद्धि गर्दै ४५ हजार ९९० डलर पुर्याइएको छ।

यसैगरी, मोडल वाई परफर्मेन्स अल ह्विल ड्राइभको मूल्य ५ सय डलरले बढाएर ५७ हजार ९९० डलर निर्धारण गरिएको कम्पनीको वेबसाइटमा उल्लेख छ।

कम्पनीले मूल्यवृद्धिको कारण भने सार्वजनिक गरेको छैन।

गत वर्षको अगस्टमा टेस्लाले आफ्नो सबैभन्दा महँगो टेस्ला साइबर ट्रक मोडलको मूल्य अमेरिकामा १५ हजार डलरसम्म बढाएको थियो।

टेस्लाले पछिल्लो समय मोडल वाईको मूल्य दुई वर्षअघि अर्थात सन् २०२४ मा बढाएको थियो । त्यसबेला टेस्लाले सम्पूर्ण मोडलको मूल्य १ हजार डलरले वृद्धि गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.