शनिबार, असार १४,२०८२ 05:33:34
  • शनिबार, असार १४,२०८२ 05:33:34
Global IME Bank Limited

टेस्लाले घटायो ईभी कारको मूल्य,कुन मोडलको कति घट्यो ?

Hyundai Nepal
टेस्लाले घटायो ईभी कारको मूल्य,कुन मोडलको कति घट्यो ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले कारको मूल्यमा कटौती गरेको छ । कम्पनीले चीन,जर्मनी र अमेरिका जस्ता आफ्ना प्रमुख बजारहरुमा कारको मूल्य घटाएको हो ।  

पछिल्लो केहि समययता कारको बिक्रीमा आएको कमी र चिनियाँ ईभी निर्माताहरुले छेडेको मूल्य युद्धका कारण टेस्ला मूल्य घटाउन बाध्य बनेको हो । गत साता वर्षको पहिलो त्रैमासमा विगत ४ वर्षमा पहिलोपटक टेस्लाको कार बिक्रीमा कमी आएको प्रतिवेदन सार्वजनिक भएको थियो ।  

‘मागसँग उत्पादनको समन्वय मिलाउनका लागि टेस्लाको मूल्य बारम्बार परिवर्तन गर्न आवश्यक छ,’ एलन मस्कले आइतबार एक्समा पोष्ट गरेका छन् ।  

टेस्लाले चीनमा मोडल थ्रिको सुरुवाति मूल्य १४ हजार युआनले घटाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै जर्मनीमा पनि कम्पनीले मोडल थ्रिको मूल्य ४२ हजार ९९० युरोबाट घटाएर ४० हजार ९९० युरोमा झारिएको छ ।  

यस्तै कमम्पनीले युरोपका अन्य देशहरु,मध्य–पूर्व र अफ्रिकाका देशहरुमा समेत मूल्य कर्टाती गरेको छ ।  

कम्पनीले अमेरिकामा मोडल वाई मोडल एक्स र मोडल एसको मूल्य २ हजार ड लरले घटाएको छ । गत शनिबार कम्पनीले आफ्नो ‘फुल सेल्फ ड्राइभिङ असिस्टेन्ट सफ्टवेयर’को मूल्य पनि ४ हजारले घटाएर ८ हजार डलर कायम गरेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.