बिहीबार, असार १८,२०८३ 10:45:35
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:45:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैद्य इनर्जीले एथर रिज्टा Z लाइभ गिभअवे विजेताको घोषणा गर्‍यो

Laxmi Sunrise Bank Limited
वैद्य इनर्जीले एथर रिज्टा Z लाइभ गिभअवे विजेताको घोषणा गर्‍यो

काठमाण्डौ । पालमा एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले बहुप्रतिक्षित ‘एथर रिज्टा Z लाइभ गिभअवे’को विजेता सार्वजनिक गरेको छ। भाग्यशाली विजेता शालिक जी बनेका छन्। विजेतालाई सोमबार, १८ अगस्ट २०२५ मा इलेक्ट्रिक स्कूटर आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

यो गिभअवे अभियान ६ देखि ११ अगस्टसम्म नेपाल अटोमोबाइल्स एसोसिएसन (NAIMA) मा सञ्चालन गरिएको थियो।

New Office
CG Motors
Garima Development Bank

एथर रिज्टा Z का विशेषता

भारतमा सन् २०२४ मा सार्वजनिक गरिएको एथर रिज्टा Z परिवार-केन्द्रित इलेक्ट्रिक स्कूटर हो। यसमा दुई ब्याट्री विकल्प (२.९ kWh र ३.७ kWh) उपलब्ध छन्, जसले अधिकतम १६० किमि IDC प्रमाणित दूरी तय गर्न सक्छ। यसको शीर्ष गति ८० किमि/घण्टा छ।

मुख्य विशेषताः

-५६ लिटरको विशाल स्टोरेज (३४ लिटर सीटमुनि + २२ लिटर फ्रन्ट ट्रंक)

-फराकिलो सीट, पिलियन ब्याकरेस्ट, ठूलो फ्लोरबोर्ड

-अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल

-७ इन्च TFT डिस्प्ले, नेभिगेशन, AtherStack 6 मार्फत स्मार्ट कनक्टिभिटी

-सात आकर्षक रंगमा उपलब्ध, डुअल-टोन सीट र ब्याकरेस्ट विकल्पसहित

भारतमा सुरु भएको एक वर्षमै यो मोडेल १ लाखभन्दा बढी बिक्री भइसकेको छ र एथरको सबैभन्दा लोकप्रिय मोडेल बनेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैद्य इनर्जीको पूर्वाधार

नेपालमा एथरको सेवा विस्तारका लागि वैद्य इनर्जीले हालसम्म:

-८ एक्सपिरियन्स सेन्टर

-१ विशेष टेस्ट राइड जोन

-७+ सर्भिस सेन्टर

-२३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ।

यी पूर्वाधारहरूले ग्राहकलाई सहज र आधुनिक अनुभव उपलब्ध गराउने कम्पनीको उद्देश्य स्पष्ट गर्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.