आईतवार, फाल्गुन ११,२०८१ 04:08:27
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:08:27
IME remit
Global IME Bank Limited

टेस्लाको बजार पूँजीकरण ५७० बिलियन डलरभन्दा बढी, कारको माग भने अझै कमजोर

Hyundai Nepal
टेस्लाको बजार पूँजीकरण ५७० बिलियन डलरभन्दा बढी, कारको माग भने अझै कमजोर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी, टेस्लाको बजार पूँजीकरण ५७० बिलियन डलर भन्दा बढी पुगेको छ । बितेको ७ हप्तामा कम्पनीको सेयरमूल्यमा अचानक आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण ५७० बिलियन डलरभन्दा बढी पुगेको हो ।  

२ महिनाअघिसम्म कम्पनीको कम्पनीको सेयरमूल्यमा निरन्तर घटिरहेको थियो । तर अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प नियुक्त भएसँगै कम्पनीको सेयरमूल्यमा सुधार आउन थालेको छ । यससँगै टेस्ला एस एण्ड पी ५००मा कारोबार गर्ने यस वर्षकै उत्कृष्ठ प्रदर्शन गर्ने कम्पनी बनेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीको सेयरमूल्यमा उछाल आउनुको कुनै विशेष कारण भने छैन । कम्पनीको कारको मागमा अझै पनि सुधार आउन सकेको छैन । यस्तै कम्पनीको आगामी यात्रा पनि अनिश्चित नै रहेको छ । यद्यपी एलन मस्कले अंगालेको राजनीतिक बाटोका कारण लगानीकर्ताले कम्पनीप्रति विश्वास बढाएका छन् । मस्कले अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका थिए ।  

अमेरिकी राष्ट्रपति निर्वाचन हुनुअघि टेस्लाको सेयरमूल्यमा वार्षिक २.३ प्रतिशतको गिरावट आएको थियो । तर निर्वाचन समाप्त भएपश्चात भने कम्पनीको सेयरमूल्य ७३ प्रतिशतले बढिसकेको छ । समग्रमा यो वर्ष कम्पनीको सेयरमूल्य ६९ प्रतिशतले बढेको छ ।  

डोनाल्ड ट्रम्पको कार्यकालमा ईभी निर्माता कम्पनीहरुका लागि सहज नीति ल्याइने विश्वास गरिएको छ । लगानीकर्ताले टेस्लाको स्वचालित कारका लागि पनि उचित व्यवस्था हुने विश्वास गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.