आईतवार, फाल्गुन ११,२०८१ 03:46:48
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:46:48
IME remit
Global IME Bank Limited

नरेन्द्र मोदीलाई भेट्न भारत आउँदै एलन मस्क, टेस्लाको कारखाना स्थापना गर्ने घोषणा हुन सक्ने

Hyundai Nepal
नरेन्द्र मोदीलाई भेट्न भारत आउँदै एलन मस्क, टेस्लाको कारखाना स्थापना गर्ने घोषणा हुन सक्ने
Nabil Bank Limited

काठमाण्डौ । इभी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क यो महिना भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत आउने भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्क यो महिनाको २२ देखि २७ गतेका बीच भारत आउने छन् ।  

मस्कले यस बारे एक्समा पोष्ट गर्दै लेखेका छन्,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न म आतुर छु,’।  

मस्कको यो पहिलो भारत भ्रमण हुनेछ । मस्कले आफ्नो भारत भ्रमणका क्रममा टेस्लाको कारखाना निर्माण गर्ने घोषणा गर्न सक्ने आँकलन गरिएको छ । मोदी र मस्कबीच अहिलेसम्म २ पटक भेट भईसकेको छ । यी दुईबीच पहिलोपटक सन् २०१५ मा क्यालिफोर्नियामा रहेको टेस्लाको कारखानामा भेट भएको थियो । त्यपछि सन् २०२३ मा न्यूयोर्कमा यी दुई जनाको भेट भएको थियो ।  

मस्कले एक्समा लेखेका छन्,‘भारतमा पनि अन्य देशहरुमा जस्तै इभी कार हुन आवश्यक छ । भारतमा टेस्लाले ईभी कार उपलब्ध गराउनु एउटा स्वभाविक प्रगति हो ।’ मस्क यस्तो समय भारतमा आउन गईरहेका छन्,जुन बेला भारतमा निर्वाचन हुन गईरहेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

टेस्लाले भारतमा कारखाना निर्माण गर्नका लागि यसै महिना आफ्नो एउटा टीम पठाउने तयारी समेत गरेको छ । जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ ।  

बेलायतको फाइनान्सियल टाइम्सले यसबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार ईभी कार निर्माण कारखानाका लागि उक्त टीमको ध्यान महाराष्ट्र,गुजरात वा तमिलनाडु जस्ता अटोहब राज्यमा केन्द्रित हुन सक्छ । यी राज्यहरुमा बन्दरगाह पनि नजिक पर्ने भएकाले कारखानाका लागि यी स्थानहरु कम्पनीको रोजाइमा पर्ने सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।  

भारतको केन्द्र सरकारले भारतलाई ईभी उत्पादनको हक बनाउनका लागि नयाँ ईभी नीतिलाई स्वीकृती प्रदान गरेसँगै टेस्लाले भारत प्रवेश गर्ने तयारी गरेको हो ।  नयाँ ईभी नीतिमा कम्तिमा ४ हजार १५० करोड लगानीको प्रावधान राखिएको छ र अधिकतममा कुनै पनि सीमा तोकिएको छैन ।  

नीतिका अनुसार विदेशी कार उत्पादन कम्पनीहरुले भारतमा व्यवसाय सुरु गर्नका लागि ३ वर्षभित्र भारतमा आफ्नो उत्पादन र ईभीको वयवसायिक उत्पादन सुरु गर्नुपर्ने हुन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.