बाढीपहिरोले पुर्याएको क्षतिबारे मोदीद्वारा दुःख व्यक्त, भन्छन्, ‘जुनसुकै सहयोग गर्न तयार छौं’
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै आएको अविरल वर्षाले पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै जस्तो सुकै सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।