आईतवार, असार १४,२०८३ 06:21:04
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:21:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मोदीले पुटिनलाई दिए रुसी भाषामा अनुवाद गरिएको भागवत गीता उपहार

Laxmi Sunrise Bank Limited
मोदीले पुटिनलाई दिए रुसी भाषामा अनुवाद गरिएको भागवत गीता उपहार

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा अनुवाद गरिएको भागवत गीताको प्रति उपहार दिएका छन् । पीएम मोदीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको गीताको प्रतिलिपि प्रस्तुत गरे। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्दछ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि बिहीबार दिल्ली पुगेका छन् । उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भएको थियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले उनलाई स्वागत गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै गाडीमा ७ लोककल्याण मार्ग पुगेका थिए । यो प्रधानमन्त्री मोदीको आधिकारिक निवास हो।

युक्रेनसँगको युद्धपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो ।

यस भ्रमणका क्रममा रुसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.