शनिबार, श्रावण ३०,२०८३ 02:24:28
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 02:24:28
Bizshala
Global IME Bank Limited

भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोतर्फ अग्रसरः मोदी

Prabhu Bank Limited
भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोतर्फ अग्रसरः मोदी
New Office

काठमाण्डौ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेतर्फ तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीबार मुम्बईमा विश्व अडियो भिजुअल र मनोरन्जन शिखर सम्मेलन (वेभ्स २०२५) लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

‘आज भारत विश्वव्यापी फिनटेक अपनाउने दरमा पहिलो नम्बरमा छ। यो विश्वको दोस्रो ठूलो मोबाइल निर्माता हो। भारतसँग विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम छ;’उनले भने ।  

CG Motors

विकसित भारततर्फको यात्रा भर्खरै सुरु भएको उनले बताए । अमेरिकी ट्यारिफका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा अस्थिरता र २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी जीडीपीमा आएको गिरावटको बीचमा प्रधानमन्त्री मोदीले भारतीय अर्थतन्त्र विश्वकै तेस्रो ठूलो बन्नेतर्फ अग्रसर भएको बताएका हुन् ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ घोषणा गरेका छन् र विश्वव्यापी आपूर्ति शृङ्खलाका कम्पनीहरूले चीनभन्दा भारतलाई प्राथमिकता दिने भएकाले भारतलाई फाइदा हुने बताइएको छ।

हाल विश्वको पहिलो ठूलो अर्थतन्त्रमा अमरिका र दोस्रो चीन रहेका छन् ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.