काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै आएको अविरल वर्षाले पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै जस्तो सुकै सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।
विषय अवस्थामा भारत सरकार नेपालको साथमा रहेको बताउँदै मोदीले लेखेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ । यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं ।’
नेपालमा गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै ४८ जनाले ज्यान गुमाईसकेका छन् ।