काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर्स पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
यससँगै उनी इन्स्टाग्राममा १० करोड फलोअर्स पुर्याउने विश्वकै पहिलो राजनीतिज्ञ बनेका छन्।
समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डिया(पीटीआई) का अनुसार प्रधानमन्त्री मोदीले सन् २०१४ मा इन्स्टाग्राम ज्वाइन गरेका थिए। पछिल्लो एक दशकमा उनको आधिकारिक अकाउन्ट विश्वका नेताहरूमध्ये सबैभन्दा सक्रिय र लोकप्रिय डिजिटल प्लेटफर्ममध्ये एकको रूपमा स्थापित भएको छ।
प्रमुख विश्व नेताहरूको तुलनामा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका नेता पनि मोदी नै बनेका छन्। यस प्लेटफर्ममा उनको फलोअर्स संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा दोब्बरभन्दा बढी रहेको उल्लेख गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।