बिहीबार, आश्विन २९,२०८३ 01:25:19
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 01:25:19
Bizshala
Global IME Bank Limited

म्याकडोनाल्ड्समै जन्मिइन् बच्ची, १८ वर्षसम्म निःशुल्क जन्मदिन मनाउन विशेष कार्ड

Bizshala
म्याकडोनाल्ड्समै जन्मिइन् बच्ची, १८ वर्षसम्म निःशुल्क जन्मदिन मनाउन विशेष कार्ड
New Office

काठमाण्डौ । अस्ट्रियाको राजधानी भियनास्थित म्याकडोनाल्ड्सको एक रेस्टुरेन्टमा एक बालिकाको जन्म भएको छ। अस्पताल जाने क्रममा आमालाई अचानक प्रसव व्यथा सुरु भएपछि नजिकैको म्याकडोनाल्ड्समा रोकिएपछि बालिकाको जन्म त्यहीँ भएको हो।

प्रसव व्यथा सुरु भएपछि मोनिका अस्पतालतर्फ जाँदै थिइन्। तर, बाटोमै अवस्था जटिल बनेपछि उनी नजिकै रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा रोकिइन्। रेस्टुरेन्टका कर्मचारीहरूले आवश्यक सहयोग गरेका थिए। केही समयपछि चिकित्सकीय टोलीसमेत घटनास्थलमा पुगेको थियो।

बालिकाका पिता भासिले भने त्यतिबेला रातिको काममा थिए। आफ्नो नाइट सिफ्ट सकेर उनी पछि मात्र रेस्टुरेन्टमा पुगेका थिए। बालिकाको जन्मपछि आपत्कालीन स्वास्थ्यकर्मीहरू पनि घटनास्थलमा पुगेका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

रेस्टुरेन्टका प्रबन्धक हाराल्ड मार्शालेकले म्याकडोनाल्ड्सको रेस्टुरेन्टमा बच्चा जन्मिनु निकै असाधारण घटना भएको प्रतिक्रिया दिएका छन्।

बालिकाको नाम एमिली राखिएको छ। जन्मको केही सातापछि म्याकडोनाल्ड्सले एमिली र उनका अभिभावकलाई पुनः रेस्टुरेन्टमा बोलाएर विशेष स्वागत गरेको थियो।

कम्पनीले एमिलीलाई विशेष म्याकडोनाल्ड्स ग्राहक कार्ड उपहार दिएको छ। उक्त कार्डमार्फत एमिलीले १८ वर्षको उमेरसम्म हरेक वर्ष आफ्नो परिवार र साथीहरूसँग म्याकडोनाल्ड्सको कुनै पनि रेस्टुरेन्टमा जन्मदिन निःशुल्क मनाउन सक्ने व्यवस्था गरिएको छ।

यसका साथै परिवारका लागि विशेष फोटोसुटको व्यवस्था गरिएको थियो। म्याकडोनाल्ड्सले एमिलीलाई ब्रान्डेड बेबी हाईचेयर तथा अन्य शिशु सामग्रीसमेत उपहार दिएको छ। नवजात शिशुको विशेष फोटोसुटसमेत गरिएको थियो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.