आईतवार, असार २१,२०८३ 04:09:03
Bizshala
  • आईतवार, असार २१,२०८३ 04:09:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मोदी ३.० को सपथपछि उर्लियो सेयर बजार, सेन्सेक्स पहिलोपटक ७७००० माथि

Laxmi Sunrise Bank Limited
मोदी ३.० को सपथपछि उर्लियो सेयर बजार, सेन्सेक्स पहिलोपटक ७७००० माथि

काठमाण्डौ । भारतमा एनडिए गठबन्धनको सरकार बनेसँगै नरेन्द्र मोदी तेश्रोपटक प्रधानमन्त्री निर्वाचित भएका छन् । मोदीको प्रधानमन्त्रीको रुपमा तेश्रोकालको सुरुवातलाई भारतको सेयर बजारले समेत स्वागत गरेको छ । फलस्वरुप सोमबार भारतको सेयर बजारले नयाँ इतिहास रचेको छ ।  

साताको पहिलो कारोबार दिन सोमबार बम्बे स्टक एक्सचेञ्जको ३० सेयरवाला इण्डेक्स सेन्सेक्सले ३२३.६४ अंकको जोडदार तीव्रताका साथ पहिलोपटक ७७००० को उचाई पार गरेको छ । सेन्सेक्स ७७ हजार १७ को उचाईमा खुलेको थियो । 

New Office
CG Motors
Garima Development Bank

यसैगरी, नेशनल स्टक एक्सचेञ्जको निफ्टी इण्डेक्सले पनि बजार खुलेलगत्तै १०५ अंकको छलाङ मारेको थियो ।  

गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेन्सेक्स र निफ्टीमै तीव्र बढोत्तरी देखिएको थियो । सो दिन बीएसई सेन्सेक्स १६१८.८५ अंक अर्थात २.१६ प्रतिशतको बढोत्तरीसहित ७६ हजार ६९३.४१ को उचाईमा पुगेको थियो ।  

सेन्सेक्स सोमबार ७७०१७ अंकबाट खुलेर ७७ हजार ०७९.०४ अंकको उचाईसम्म पुगेको थियो । बजारमा कारोबारको सुरुवातमा २१९६ सेयरको मूल्य बढेको देखिएको थियो भने ४५२ कम्पनीको सेयर मात्र गिरावटका साथ कारोबारमा आएका थिए।

कारोबारको सुरुवातमा निफ्टी इण्डेक्समा अडानी पोर्टस, पावर ग्रिड, बजाज अटो, कोल इण्डिया तथा श्रीराम फाइनान्सको सेयरमा सबैभन्दा ठूलो उछाल देखिएको थियो । यसको ठीक विपरीत टेक महिन्द्रा, इन्फोसिस, डा. रेड्डिज लेबल, एलटीआई माइण्डट्री तथा हिडाल्को लगायतका सेयरमा गिरावट देखिएको थियो ।  

सेयर बजारमा सूचीकृत भारतीय अर्बपति गौतम अडानीका कम्पनीहरुको सेयरमूल्यमा निकै ठूलो बढोत्तरी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

यस्तै, एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानीका केही कम्पनीको सेयरमूल्यमा पनि उछालको अवस्था देखिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.