भारतीय सेयर बजार फेरि किर्तिमानी उचाईमा, दैनिक रेकर्ड बनाउँदै
काठमाण्डौ । मंगलबार भारतीय सेयर बजारले फेरि अलटाइम हाईको रेकर्ड बनाएको छ । सेन्सेक्स २०० भन्दा बढी अंकले बढेर ८०८९८ र निफ्टी करिब ६० अंकले बढेर २४६६१ को उचाईमा पुगेको हो । यो भनेको यी दुवै बजार परिसूचकको किर्तिमानी उचाई हो । मंगलबारको सुरुवाती कारोबारमा सबैभन्दा बढी रियल्टी सेयरमा वृद्धि भएको छ । त्रैमासिक नतिजापछि स्पाइसजेट ५ प्रतिशत बढेको छ।