Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:16:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेयर बजारले फेरि चुम्यो नयाँ उचाई, नेपालको भने सधैं दुर्दशा

Laxmi Sunrise Bank Limited
भारतको सेयर बजारले फेरि चुम्यो नयाँ उचाई, नेपालको भने सधैं दुर्दशा

काठमाण्डौ । भारतको सेयर बजारले फेरि नयाँ उचाई चुमेको छ ।  

सोमबार लगातार तेस्रो दिन भारतको सेयर बजारले नयाँ सर्वकालीन उचाईको रेकर्ड बनाएको हो ।  

आजको कारोबारका क्रममा सेन्सेक्सले ८४,९८० को उचाई चुमेको छ भने निफ्टी पनि २५ हजार ९५६ को सर्वाधिक उचाईमा पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

यसपछि सेन्सेक्स ३८४ अंकले बढेर ८४,९२८ मा बन्द भयो। निफ्टी पनि १४८ अंकले बढेर २५,९३९ मा बन्द भयो। आज अटो, एफएमसीजी र बैंकिङ सेयरको मूल्य बढेको छ ।

एशियाली बजारमा आज मिश्रित कारोबार भएको छ । एसियाली बजार आज उकालो लागेको छ । चीनको सांघाई कम्पोजिट इन्डेक्स ०.४४ प्रतिशत र कोरियाको कोस्पी ०.३३ प्रतिशतले बढेको छ । हङकङको Hangseng सूचकांक ०.०६ प्रतिशतले घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि शुक्रबार सेप्टेम्बर २० मा पनि सेन्सेक्सले ८४,६९४ र निफ्टी २५,८४९ को नयाँ सर्वकालीन उचाई बनाएको थियो। दिनको कारोबारपछि सेन्सेक्स १३५९ अंकले बढेर ८४ हजार ५४४ मा बन्द भयो । योसँगै निफ्टीमा ३७५ अंकको वृद्धि भई २५ हजार ७९० मा बन्द भएको थियो ।  

छिमेकमा रहेको भारतमा सेयर बजारले लगातार नयाँ उचाईको रेकर्डहरु बनाइरहँदा नेपालको सेयर बजार भने साइडवेजमा चलिरहेको छ । ३२०० को अलटाइम हाईलाई ब्रेक गर्ने दिशामा रहेको बजार ३००० बाट घट्न थालेर हाल २५०० आसपास आइपुगेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.