काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा सामेल भएका छन् । हाल यस प्लेटफर्ममा केही विश्व नेताहरू मात्र उपस्थित छन्।
ट्रुथ सोसल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म हो। प्रधानमन्त्री मोदीले आफ्नो पहिलो पोस्टमा ट्रम्पसँगको आफ्नो तस्विर सेयर गरेका छन् । यो तस्बिर सन् २०१९ मा उनको अमेरिकी भ्रमणका क्रममा टेक्सासको ह्युस्टनमा खिचिएको हो ।
पीएम मोदीले ट्रुथ सोसलमा आउन पाउँदा आफू खुसी महसुस गरिरहेको लेखेका छन्। डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव जो बाइडेनसँग हारेसँगै फेब्रुअरी २०२२ मा ट्रुथ सोसल सुरु गरेका थिए ।
त्यतिबेला उनलाई ट्विटर र फेसबुक जस्ता ठूला सामाजिक सञ्जाल प्लेटफर्ममा तत्काल प्रतिबन्ध लगाइएको थियो । यी प्लेटफर्महरूले ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाएका थिए। सोमबार राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेक्स फ्राइडम्यानले लिएको प्रधानमन्त्री मोदीको अन्तर्वार्ताको लिङ्क साझा गरेका थिए ।