काठमाण्डौ । प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक अरबपति र अमेरिकी प्रशासनमा डीओजीई(डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी) का प्रमुख एलन मस्कसँग भेटवार्ता गरेका छन् ।
यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा दिएका हुन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले एलोन मस्कसँग विभिन्न विषयमा कुरा गरें। यस वर्षको सुरुमा वाशिंगटन डीसीमा भएको बैठकमा हामीले छलफल गरेका मुद्दाहरू पनि यसमा समावेश छन्।’
‘हामीले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोगको अपार सम्भावनाको बारेमा कुरा गर्यौं। भारत यी क्षेत्रमा अमेरिकासँगको साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध छ’ मोदीले लेखेका छन् ।
प्रधानमन्त्री मोदी फेब्रुअरीमा अमेरिका भ्रमणमा गएका थिए । यस क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलोन मस्कलाई भेटेका थिए।