आईतवार, श्रावण १०,२०८३ 03:41:12
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:41:12
Bizshala
Global IME Bank Limited

मोदी र एलन मस्कबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

मोदी र एलन मस्कबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
New Office

काठमाण्डौ । प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक अरबपति र अमेरिकी प्रशासनमा डीओजीई(डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी) का प्रमुख एलन मस्कसँग भेटवार्ता गरेका छन् ।  

यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा दिएका हुन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले एलोन मस्कसँग विभिन्न विषयमा कुरा गरें। यस वर्षको सुरुमा वाशिंगटन डीसीमा भएको बैठकमा हामीले छलफल गरेका मुद्दाहरू पनि यसमा समावेश छन्।’

‘हामीले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोगको अपार सम्भावनाको बारेमा कुरा गर्यौं। भारत यी क्षेत्रमा अमेरिकासँगको साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध छ’ मोदीले लेखेका छन् ।  

प्रधानमन्त्री मोदी फेब्रुअरीमा अमेरिका भ्रमणमा गएका थिए । यस क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलोन मस्कलाई भेटेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.