आईतवार, श्रावण ११,२०८२ 04:10:37
  • आईतवार, श्रावण ११,२०८२ 04:10:37
Global IME Bank Limited

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल

Hyundai Nepal
प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओेली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका दुईबीच आज भेटवार्ता भएको हो ।  

ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो । उक्त भेटवार्ताका क्रममा दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीको समेत उपस्थिती रहेको थियो ।  

Muktinath Bikas Bank Limited

न्युयोर्कको लोट्टे प्यालेस होटलमा भएको भेटका क्रममा नेपाल—भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत बताएका छन् ।  

‘उनले एक्समा पोष्ट गरेका छन्, ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’ 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.