काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १ हजार ३०० रुपैयाँभन्दा माथि रहेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमीटेडको नाफा ८९ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ ।
कम्पनीले शनिवार प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । ६० करोड चुक्तापूँजी भएको यो कम्पनीको खूद नाफा ८९ लाख रुपैयाँ २८ हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । यहीकारण प्रतिसेयर आम्दानी पनि खुम्चिएर १ रुपैयाँ ४९ पैसामा सीमित बन्न पुगेको छ ।
यो अवधिमा कम्पनीको कुल आम्दानी २७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । जसमा कस्ट अफ सेल्सको रुपमा ९ करोड ८१ लाख रुपैयाँ बढी खर्च भएको छ भने बित्त खर्च ६ करोड ४६ लाख, डेप्रिसिएसन खर्च ४ करोड ३१ लाख रुपैयाँ, कार्यालय तथा प्रशासनिक खर्च ६ करोड ५ लाख रहेको छ । यसरी कुल खर्च २६ करोड ६४ लाख हुन पुगेको देखिन्छ ।
कम्पनीको रिटेन्ड अर्निंग ३ करोड ८८ लाख रुपैयाँले नेगेटिभ बन्न पुगेको छ भने रिजर्भको आकार ६ करोड २४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.९४ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु.२३५ रुपैयाँ कायम भएको छ ।