बुधबार, असार १०,२०८३ 10:17:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:17:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु

Laxmi Sunrise Bank Limited
‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु

काठमाडौं । जापानको ओसाकामा आयोजना भएको वर्ल्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ ।

२०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव  भरतविक्रम राणा, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निर्देशकहरू तथा बिध म्यानेजमेन्ट प्रालि र सम्बद्ध व्यक्तिहरू सहभागी थिए । टोलीले भ्रमणका क्रममा सरकारी स्रोत र पद अधिकारको दुरुपयोग गरेको आशंका मन्त्रालयमा दर्ता भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यस विषयमा जेन्जी २.० ले तीन निकायलाई आधिकारिक रूपमा जानकारी गराएको छ । जेन्जी २.० का प्रवक्ता अविन लिम्वूले भ्रष्टाचारीलाई कारबाही गर्न मागसहित आफूहले जानकारी गराएको जनाए । अर्का जेन्जी अमर सापकोटाले भ्रष्टाचार उन्मुलन नै यो सरकारको मुख्य एजेन्डा भएकाले यसलाई प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयले विस्तृत विवरण संकलन र प्रारम्भिक छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) लाई जानकारी गराइएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार घटनाबाट विभिन्न असर देखिएका छन् । सरकारी खर्च र व्यापार राजस्वमा अनियमितता, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छविमा नकारात्मक प्रभाव, धार्मिक तथा सांस्कृतिक पहिचानको गलत प्रस्तुति, सार्वजनिक पदको दुरुपयोग र सरकारी स्रोतको गलत प्रयोग, फेभिलियन निर्माणमा अनुमोदित मापदण्डविपरीत निर्माण सामग्री प्रयोग गरिएको आशंका, ठूलो आर्थिक भ्रस्टाचार तथा मिलेमतोमा निर्णय गरेको आरोप, एक्स्पो–२०२५ सम्बन्धी आधिकारिक विदेश भ्रमणको दुरुपयोग, नेपाल डे जस्तो मुख्य कार्यक्रममा समेत अधिकारीहरू अनुपस्थित रहेको विषय उठान रहेको जनाइएको छ ।

उद्योग मन्त्रालयले प्राप्त सूचनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रियामा अघि बढ्ने बताएको छ । यसको परिणामले नेपाल सरकारको पारदर्शिता, उत्तरदायित्व र अन्तर्राष्ट्रिय सहभागिताबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.