आईतवार, भाद्र २३,२०८१ 07:23:02
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:23:02
IME remit
Global IME Bank Limited

कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने

Hyundai Nepal
कांग्रेस–एमालेबीच सहमतिको ड्राफ्ट तयार, सरकारको नेतृत्व गर्ने दलले नै अर्थ र गृह पाउने
Nabil Bank Limited

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित झै भएको छ । कांगे्रेस र एमालेका नेताहरुबीच सत्ता समीकरणदेखि निर्वाचन प्रणालीमा देखिएको त्रुटि सच्याउन संविधान संसोधनसम्मको विषयमा सहमतिको खाका तयार भएसँगै प्रचण्ड नेतृत्वको सरकार धेरै दिन(समय) नटिक्ने निश्चित झै भएको स्रोतहरुले दाबी गरेका छन् ।  

एमाले र कांग्रेससँग सम्बद्ध उच्च स्रोतहरुले दिएको जानकारीअनुसार दुवै दलका नेताहरुले सहमतिको मोटामोटी खाका तयार पारेका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एमाले र कांग्रेसका नेताहरुको सक्रियतामा बनेको सहमतिको खाकामा प्रतिनिधिसभाको बाँकी कार्यकालमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो गर्ने सहमति भएको छ । तर, सुरुको आधा कार्यकाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्नेछ ।  

गठबन्धन सरकारमा विगतमा देखिएका अभ्यास र अप्ठ्याराहरुलाई हेरेर जुन दलले सरकारको नेतृत्व गर्छ, उसैलाई अर्थ मन्त्रालय र गृह मन्त्रालय दिने सहमति समेत तयार गरिएको छ । यी दुई मन्त्रालयका कारण गठबन्धनमा किचलो आउने, प्रधानमन्त्री एउटा दलको तथा अर्थ र गृह अर्को दलको भागमा पर्दा सरकार सञ्चालनमा समेत कठिनाई हुने देखिएकोले यो सहमति बनेको नेताहरुले दाबी गरेका छन् ।  

हुन पनि कांग्रेस र माओवादीसहितको तत्कालीन गठबन्धन सरकार ढल्ने प्रमुख कारण तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत बनेका थिए ।  

अहिलेको एमाले र माओवादीसहितको गठबन्धन सरकारमा तिक्तता बढाई आजको अन्यौलग्रस्त अवस्थासम्म ल्याउने प्रमुख भूमिका पनि अर्थमन्त्री वर्षमान पुनले नै गरेका थिए । यहीकारण पनि सुरुमा प्रधानमन्त्रीसहित अर्थ र गृह जस्ता शक्तिशाली मन्त्रालय एमालेलाई दिएरै भए पनि नयाँ सत्ता गठबन्धन बनाउन कांग्रेस राजी भएको देखिएको छ ।  

सहमतिअनुसार कांग्रेसले सरकारको नेतृत्व गर्ने पालो आउँदा पनि अर्थ र गृह मन्त्रालयमा एमालेले दाबी गर्न पाउनेछैन ।  

सत्तारोहणकै लागि मात्र नभई सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउन, निरश नागरिकहरुमा आशाको किरण देखाउने प्रष्ट खाकासहितको सहमतिका बुँदा तयार भएको स्रोतको दाबी छ ।

नेताहरुबीच केही साना शक्तिलाई समेत साथमा लिएर अहिलेको सरकारलाई दुईतिहाई बहुमतको बनाउने र त्यही जोडबलमा संविधान संसोधन गर्नेसम्मको सहमति बनेको छ । एमाले र कांग्रेससहितको गठबन्धनमा राप्रपा समेत आउने नेताहरुको दाबी छ ।  

सहमतिको बुँदामा निर्वाचन प्रणाली सुधारको विषयमा संविधान संसोधन गर्ने र त्यसका लागि एक उच्चस्तरीय सुझाव समिति बनाउनेसम्मका विषयहरु समेटिएका छन् ।  

यसअघि प्रकाशित समाचारहरु :

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X