बुधबार, चैत्र ५,२०८१ 06:29:33
IME remit
  • बुधबार, चैत्र ५,२०८१ 06:29:33
IME remit
Global IME Bank Limited

भारतीय खेलले बिग्रियो एमाले-कांग्रेसको हिसाबकिताब, गठबन्धन सरकार ढल्ने सम्भावना बढ्यो

Hyundai Nepal
भारतीय खेलले बिग्रियो एमाले-कांग्रेसको हिसाबकिताब, गठबन्धन सरकार ढल्ने सम्भावना बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । तीव्र गतिमा विकास भइरहेका राजनीतिक घटनाक्रमहरुलाई आधार मान्ने हो भने नेपाली कांग्रेस–नेकपा एमालेको प्रमुख साझेदारी रहेको गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने सम्भावना देखिएको छ ।  

कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकार बनाएदेखि नै मन नपराउने राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको तीव्र चलखेल र केही नाटकीय घटनाक्रमहरुलाई हेर्दाे निकै शक्तिशाली ठानिने अहिलेको सरकार ढल्ने सम्भावना बढ्दै गएको देखिएको हो ।  

विभिन्न शक्तिकेन्द्रहरुको राम्रै मेहेनत र दौडधूपको परिणाम पछिल्लो समय एमाले र कांग्रेसका नेताहरु सार्वजनिक रुपमै आपसमा दन्तबझान गरिरहेका छन् । दुवै दलका उच्च तहमा समेत गठबन्धनको भविष्यलाई लिएर अड्कलबाजीहरु हुन थालेका छन् । 

Shivam Cement
Bizshala
CG Motors

एमालेमा विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको हेपाहा र पेलाई प्रवृतिबाट कांग्रेस सभापति शेरबहादुर देउवा समेत आजित हुँदै गएका छन् । एकातिर कांग्रेसका मन्त्रीहरुले दैनिकजसो बुढानिलकण्ठमा लगेर सुनाउने पोल, केपी ओलीको हेपाहा प्रवृतिको विषयमा गर्ने केही गम्भीर कम्प्लेन र अर्कोतर्फ सरकार गठन भएको लामो समयसम्म पनि नेपालको राजनीतिमा सधैं बिग प्लेयर बन्दै आएको भारतले निरन्तर गरिरहेको बेवास्ता । अनि सरकारमा पार्टीबाट सहभागी आफ्नै पत्नी आरजू देउवाले परराष्ट्रमन्त्रीको हैसियतमा भारतसँगको सम्बन्ध सुधारका लागि गरेको पटक पटकको प्रयास । यी सबै प्रयास र सम्भावनाका बाबजुद भारतसँग सम्बन्ध सुधार नहुने अवस्था देखिएपछि र सम्बन्ध सुधारको साटो सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले भारतलाई थप चिढ्याउने दिशातर्फ उद्यत भएपछि एमालेसँग अब धेरै सत्ता सहकार्य गर्न नहुने कांग्रेसी धार बलियो बन्दै गएको छ । भारतको संस्थापन पक्षले भाउ नदिएपछि एमाले सरकार छाड्नै पर्दा पनि राजनीतिक लाभ लिने र भारतविरोधी जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा पुगेको देखिन्छ । कांग्रेसको पदाधिकारी तहका एक नेताले बिजशालासँग भने ः एमालेको सचिवालय बैठकले जसरी राजावादीको गतिविधिमा भारतलाई जोड्यो, यसबाट समेत गठबन्धनमा समस्या छ भन्ने प्रष्ट हुन्छ । अब यो सरकार धेरै टिक्दैन ।  

पछिल्लो समय भारतप्रति सत्ताको नेतृत्व गरिरहेको एमाले थप आलोचक बन्दै जानु पछाडिको अन्तर्य भनेको भारतले अहिलेको गठबन्धन टुटाउन विभिन्न प्रतिनिधिहरु खटाइरहेको सूचना नै हो । एमालेको उच्च तहले यो सूचना पाएपछि र भारतीय लाइनअनुसार नै कांग्रेसले समेत भित्रभित्रै विभिन्न दलहरुसँग सम्भावित सत्ता सहकार्यको छलफल अगाडि बढाएको सूइँको पाएपछि भारतलाई फकाएर भन्दा चिढ्याएरै जाने र भारतविरोधी नेपाली जनमतलाई भविष्यमा आफूतर्फ ल्याउने रणनीतिअनुसार एमाले अगाडि बढेको देखिन्छ । यसकै फलस्वरुप दुई दिनअघि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले राजवादीहरुको आन्दोलन तथा बढेको गतिविधिको पछाडि भारतको हात रहेको खुलेआम भनिदिएको छ । यसले भारत थप चिढिएको छ भने उसले अब कुनै पनि हालतमा एमालेलाई सत्ताबाट बाहिर निकाल्ने प्रयासहरुलाई अझ तीव्र पारेको उच्च स्रोतहरुको दाबी छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

भारतलाई चिढ्याउने एमालेको अभिव्यक्तिकै कारण एउटा सम्मेलनको क्रममा दिल्लीमा रहेकी परराष्ट्रमन्त्री आरजू देउवाले भारतीय समकक्षीसँग छलफल गरे पनि सम्बन्ध सुधारको प्रयासमा कुनै पनि नतिजामुखी काम गर्न सकिनन् । भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत नेपालमा हुन लागेको सगरमाथा सम्वादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने उनको प्रयासले समेत सार्थकता पाउन नसकेको स्रोतहरु बताउँछन् । दिल्लीमै गएर निकै दिन बसेर अनेक प्रयास गर्दा समेत एमाले अध्यक्ष समेत रहेका केपी ओलीलाई प्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गर्ने चासो भारतले नदेखाएपछि अब अवस्था जटिल बनेको राजनीतिक वृतमा चर्चाहरु हुन थालेका छन् ।  

भारतले पटक पटक बेवास्ता गरेपछि र ओलीलाई सरकारबाट बाहिर धकेल्ने प्रयासलाई तीव्र पारेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतका उच्चस्तरका नेताहरु समेत गम्भीर भएर छलफल गरिरहेका स्रोतहरुको भनाई छ । राष्टिय अन्तराष्टिय मान्यता नपाउने सरकारमा टाँसिएर बसिरहनुहुँदैन भन्ने लाइनबाट समेत कुरा हुन थालिसक्यो । कांग्रेसका उच्च तहका ती नेताले भने ः भाउजू(आरजू देउवा) स्वदेश फर्किएपछि गठबन्धन सरकारको विषयमा समेत गम्भीर समीक्षा हुन्छ होला । कांग्रेस नीतिविपरीत एउटै सरकारमा बसेको एमालेले छिमेकीहरुलाई चिढ्याउने काम गर्नु शोभनीय भएन । यो निकै ठूलो इस्यू बन्नेवाला छ ।  

आरजू स्वदेश फर्किएलगत्तै दिल्ली भेट र ताजा परिस्थितिको विषयमा छलफल गरिने र त्यही आधारमा गठबन्धनमा बस्ने वा नबस्ने निर्णय लिइने नेताहरुको दाबी छ ।  

कतिपयले भने एमालेसँगको पूर्वसहमितअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्न अब धेरै समय बाँकी नरहेकोले चूपचाप बस्नुपर्ने र आफ्नो दलको नेतृत्वमा सरकार आएपछि शक्ति सन्तुलनका कुराहरु मिलाउन सकिने सुझाव पनि दिइरहेका छन्।  

Bishnu Rijal

अवस्था निकै बिग्रिएको प्रष्ट देखिरहँदा समेत एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले भने गठबन्धनमा कुनै समस्या नआउने दाबी गर्छन् । तर उनले पछिल्ला समयमा पोस्ट गरिरहेका स्टाटसहरुले भने उनको दाबी खण्डन गर्छ । केपी ओली नेतृत्वको सरकार गिराउने प्रयास भइरहेका स्वीकार गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा हिजो एउटा स्टाटस लेखेका छन्दु-'ई प्रमुख पार्टी मिलेर राजनीतिक र संख्यात्मक दुबै हिसाबमा बलियो सरकार चलिरहेको बेला कथित राष्ट्रिय सहमतिको सरकारको बाँसुरी बजाउनु अवसरवाद र सत्तालोलुपताबाहेक अरु केही होइन । जसरी पनि मुलुकलाई अस्थिर बनाउने र ठूलो संकट आएको मनोविज्ञान निर्माण गर्ने कुराबाट उल्टो प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरुको मनोबल मात्र बढ्छ । एउटा कुरा पक्का हो– संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध आवाज उठाउने जनविरोधी र अरुका गोटीहरुका विरुद्धमा साझा आवाज आवश्यक छ । तर, यसको मतलब सरकारलाई अस्थिर बनाउनमा होइन, ध्यान चाहिँ व्यवस्थालाई बलियो बनाउनमा केन्द्रित हुनुपर्छ । यो प्रचार सुरुदेखि नै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्न नदिने भगिरथ प्रयत्न गरेका, बीच–बीचमा सरकार ढाल्न प्रयास गरे पनि असफल भएका र अस्थिरता ल्याउन प्रयासरतहरुका मिथ्या प्रयास मात्रै हो ।'

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.