शनिबार, श्रावण ९,२०८३ 11:25:19
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:25:19
Bizshala
Global IME Bank Limited

नेपाल र चीनका प्रधानमन्त्रीले गरे ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर(सहमतिको बुँदासहित)

नेपाल र चीनका प्रधानमन्त्रीले गरे ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर(सहमतिको बुँदासहित)
New Office

काठमाण्डौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच नौबुँदे सहमति भएको छ ।  

प्रम ओली र चिनियाँ समकक्षी ली छ्याङले मंगलबार भेटवार्ता र कुराकानी गरेपछि विभिन्न नौवटा विषयमा सहमति भएसँगै हस्ताक्षर गरेका हुन् । 

त्यसअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ समेत प्रस्तुत गरेको थियो ।

प्रम ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको थियो । 

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीहरुका अनुसार नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, स्वयम्सेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.