बुधबार, बैशाख २,२०८३ 10:50:23
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:50:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

केपी ओलीबाट प्रधानमन्त्रीमा दाबी पेश, आजै नियुक्त गर्ने तयारी

Bizshala
केपी ओलीबाट प्रधानमन्त्रीमा दाबी पेश, आजै नियुक्त गर्ने तयारी
Shivam Cement

काठमाण्डौ । पूर्व योजनाअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।  

शितल निवासस्थित विश्वस्त स्रोतका अनुसार एमालेले-कांग्रेसको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ सरकारका लागि दाबी पेश भएसँगै आज नै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको छ ।  

आज तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले संसदबाट विश्वासको मत लिने प्रयास गरे पनि असफल भएका थिए । उनको पक्षमा २४.४१ प्रतिशत सांसदले मात्र मत दिएका थिए ।  

संसदबाट विश्वास नपाएपछि स्वतः प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो ।  

नयाँ सरकार गठनका लागि आह्वान गर्नुअघि राष्ट्रपति पौडेलले संविधानविदहरुसँग छलफल गरेका थिए । उनीहरुमध्ये अधिकांशले धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएपछि सोहीअनुसार राष्ट्रपतिबाट आह्वान भएको थियो ।  

आह्वान भएलगत्तै एमाले र कांग्रेसका सबै सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका ओलीसँगै नेताहरु समेत शितल निवास पुगेका छन् । नयाँ प्रधानमन्त्रीलाई लिन कारगेड पनि पुगिसकेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.