शनिबार, श्रावण ९,२०८३ 11:26:48
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:26:48
Bizshala
Global IME Bank Limited

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन ओली तयार भएनन्, कांग्रेसले छाड्नसक्छ सरकार !

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन ओली तयार भएनन्, कांग्रेसले छाड्नसक्छ सरकार !
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले “जेनजी आन्दोलन चर्किँदै गएको बेला नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउनु लोकतान्त्रिक मूल्यविपरीत हुन्छ” भन्दै तत्काल प्रतिबन्ध हटाउन जोड दिएका थिए।

तर प्रधानमन्त्री ओली अडानमा कठोर देखिए। उनले “जेनजी आन्दोलनमा घुसपैठ भएको छ, अराजकता मच्चाउनेहरूको सपना पूरा हुन दिइँदैन” भन्दै सरकारले गरेको निर्णयलाई पुनर्विचार गर्न अस्वीकार गरेका हुन्।

यसबीच, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र असन्तोष तीव्र बनेको छ। पार्टी नेतृत्वले सामाजिक सञ्जालमाथिको रोक तत्काल नहटाए सरकारबाटै बाहिरिने तयारी भइरहेको संकेत दिएको छ। एक उच्च कांग्रेस नेताले अनलाइनखबरलाई भने, “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने निर्णयलाई हामी लामो समयसम्म समर्थन गर्न सक्दैनौं। प्रतिबन्ध नहटे गठबन्धनमै धक्का पुग्छ।”

राजनीतिक वृत्तमा अहिले ठूलो तरंग फैलिएको छ। एकातिर प्रधानमन्त्री ओली प्रतिबन्धलाई “राज्यको सुरक्षा हित” भन्दै जोगाइरहेका छन् भने अर्कोतिर कांग्रेसले सरकार छाड्ने चेतावनी दिँदै दबाब बढाइरहेको छ। यसले मुलुकको राजनीतिक समीकरण नयाँ मोडमा पुग्ने आकलन भइरहेका छन्।

यस घटनाक्रमले जेनजी आन्दोलन मात्र होइन, अब सत्तारूढ गठबन्धनकै भविष्य संकटमा धकेलिएको देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.