बिहीबार, आश्विन ३,२०८१ 10:18:43
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 10:18:43
IME remit
Global IME Bank Limited

सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्नु अमान्य, अब सरकारी काम मात्रः प्रधानमन्त्री

Hyundai Nepal
सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्नु अमान्य, अब सरकारी काम मात्रः प्रधानमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् ।  

उनले कर्मचारीले सेयर कारोबार गर्दा सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएकाले सोही जनगुनासोलाई सम्बोधन गर्दै सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)मा प्रतिबन्ध लगाएको बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

‘सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।  

भदौ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको व्यहोरा उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले सबै प्रदेश र स्थानीय तहहरूमा परिपत्र गर्न प्रादेशिक समन्वय महाशाखा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.