शनिबार, श्रावण ९,२०८३ 11:28:14
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:28:14
Bizshala
Global IME Bank Limited

‘नेपोबेबी मान्दिनँ, यो मेरो अहंकार भन्नुस्': ओली

‘नेपोबेबी मान्दिनँ, यो मेरो अहंकार भन्नुस्': ओली
New Office

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रियामा ‘नेपोबेबी’ शब्दप्रति कडा असहमति जनाउँदै भने, “म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ। तपाईं चाहे मेरो अहंकार भन्नुस् वा जे सुकै!” उनले सामाजिक सञ्जालमा चलेको यो बहसलाई लिएर तिखो टिप्पणी गरे।

अन्तर्क्रियामा पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै ओलीले भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनको सन्दर्भ पनि उठाए। उनले मिस नेपाल २०१८ श्रृंखला खतिवडाको घरमा भएको आगजनीको घटनालाई उल्लेख गर्दै प्रश्न गरे, “श्रृंखलाले वा उनको परिवारले के गल्ती गरेको थियो? के उनलाई हेलिकप्टरमा स्कूल पुर्‍याइन्थ्यो र?”

ओलीले भदौ २४ गतेको आन्दोलनमा लक्षित रूपमा घरहरूमा आगजनी भएको दाबी गरे। “कसको घरमा आगो लगाउने भनेर तोकेर आक्रमण गरियो। यो कसले गर्‍यो?” उनले प्रश्न उठाएर घटनाको पछाडिको नियतमाथि शंका व्यक्त गरे।

यो अन्तर्क्रियाले जेनजी आन्दोलन र सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ बहसलाई नयाँ मोड दिएको छ, जसले राजनीतिक र सामाजिक वृत्तमा थप चर्चा उत्पन्न गर्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.