शनिबार, श्रावण ३०,२०८३ 01:31:29
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 01:31:29
Bizshala
Global IME Bank Limited

देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी

Prabhu Bank Limited
देशले आजै नयाँ प्रधानमन्त्री पाउने, शनिवार सपथ गराउने तयारी
New Office

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।  

संसद सचिवालयले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभामा राखेको विश्वासको मत माग्ने प्रस्ताव दुईतिहाई बहुमतले अस्वीकृत भएको आधिकारिक पत्र राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिरहेको छ । सो पत्र आए लगत्तै राष्ट्रपति कार्यालयले केही तयारीपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने बुझिएको छ । 

CG Motors

उच्च राजनीतिक स्रोतहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले यही तयारीस्वरुप नयाँ सरकार गठनका लागि संविधानको कुन धारा र उपधारा प्रयोग गरेर आह्वान गर्ने भन्ने विषयमा संविधानविदहरुसँग छलफल गरिरहेका छन् । डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, शम्भु थापा लगायतका वरिष्ठ संविधानविद र कानूनविदलाई राखेर अहिले पौडेलले छलफल गरिरहेका छन् ।  

उनीहरुसँग छलफल गरी निश्कर्षमा पुगेपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।  

अब बन्ने सरकार संविधानको धारा ७६(२) वा ७६(३) अनुसार बन्छ भन्ने विषयमा संविधानविदहरु नै पनि विभाजित छन् । यसकारण समेत राष्ट्रपतिले कुन धारा र उपधारा अनुसार सरकार गठनका लागि आह्वान गर्छन् भन्ने विषय आम चासोको विषय बनेको छ ।  

कांग्रेस र एमालेका नेताहरु भने संविधानको ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुनेमा ढुक्क छन् । सोहीअनुसार राष्ट्रपतिबाट आह्वान हुने भन्दै दुईतिहाई सांसदको हस्ताक्षरसहितको दाबी आजै प्रस्तुत गर्ने कार्यसूची रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।  

कांग्रेस एमाले गठबन्धनले एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार गठनका लागि दाबी प्रस्तुत गर्नेछन् । दाबीपछि शुक्रबार रातिसम्म नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने र शनिवार प्रधानमन्त्रीसहितका मन्त्रीहरुको सपथ गराउने तयारी गरिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.