शनिबार, फाल्गुन १०,२०८१ 02:57:50
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 02:57:50
IME remit
Global IME Bank Limited

सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'

Hyundai Nepal
सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निकटका लगानीकर्ता, सांसद र निजी क्षेत्रका प्रतिनिधिहरुलाई बोलाएर सेयर बजारको उत्साह कम हुन नदिन निर्देशन दिएका छन् ।  

केही दिनअघि उनले बालुवाटारमा पार्टी निकटका लगानीकर्ताहरुलाई छलफल गर्न बोलाएका थिए ।  

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार छलफलमा एमाले निकट सेयर लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, सेयर बजारमा चासो तथा ज्ञान राख्ने केही सांसद र नेताहरुको सहभागिता थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

छलफलमा प्रधानमन्त्री ओलीले लगानीकर्ताहरुले एमाले नेतृत्वको सरकारसँग निकै ठूलो आशा गरेका र आफूहरुकै नेतृत्वमा आर्थिक कायापलट हुने विश्वास व्यक्त गरेका भन्दै सेयर बजारबाट सुरु भएको उत्साहलाई मर्न नदिन नहुने बताएका थिए।  

'हाम्रो नेतृत्वमा सरकार बनेपछि सेयर बजारमा देखिएको उत्साहले कतिपयलाई पोल्न थालेको  देखेको छु । लगानीकर्ताको बढ्दो मनोबलका कारण राम्रो गति समातेको सेयर बजारको उत्साहलाई निमोठ्ने गरी केही शक्तिहरु परिचालन भएका सूचनाहरु समेत आएका छन् । देश बन्न नदिने त्यस्ता शक्तिहरुको डटेर सामना गर्नुपर्ने बेला आएको छ । यसमा तपाईहरु सचेत बनेर बजार र लगानीविरोधी शक्तिहरुलाई परास्त गर्नुपर्नेछ ।' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'पूँजीबजारमा देखिएको उत्साह घट्नुपर्ने, लगानीकर्ता निराश बन्नुपर्ने कुनै कारण छैन । तपाईहरु उत्साहलाई कायमै राख्ने दिशामा अगाडि बढ्नुस् । बजारले पहिलाको उच्चतम विन्दूभन्दा माथि पुगेपछि तपाईहरुसँगै बसेर म केक काट्छु ।'  

छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बजारविरोधी अभिव्यक्ति दिएका उल्लेख गर्दै उनीहरु कोही कतैबाट परिचालित भएका दाबी समेत गरेका थिए । 'यस्ता एकदुई सांसदहरुले बोल्दैमा लगानीकर्ताहरु निराश भइहाल्नुपर्दैन । बजारलाई सधैं सकारात्मक आँखाले हेर्ने एमाले नेतृत्वको सरकार छ भन्ने कुरा तपाई लगानीकर्ताहरुले भुल्नुभएन ।' ओलीले भनेका थिए-'अमरेशले बोलेको कुराले त के अर्थ राख्छ र ? तर, आफू अर्थमन्त्री हुँदा गर्न नसकेको कुरा एमालेको सरकार र अर्थमन्त्री आएपछि भएको देखेर महतले डाहा मात्र गरेका हुन् । उनका पछिल्ला अभिव्यक्तिको विषयमा म शेरबहादुर जीसँग पनि कुरा गर्छु ।'  

एमाले-कांग्रेस गठबन्धनको सरकार बनेको अवस्थामा सरकारले नै अगाडि बढाउन खोजेका विषयहरुमा भाजो हाल्ने काम कांग्रेसका कुनै सांसद वा व्यक्ति विशेषले गर्नु असुहाउँदो हुने समेत ओलीले प्रष्ट पारेका थिए ।  

सो क्रममा ओलीले एमाले नेता तथा पार्टी निकटका निजी क्षेत्रका प्रतिनिधिहरुलाई देशभरको आफ्नो नेटवर्कमा सेयर बजारको विषयमा सकारात्मक सन्देश प्रवाह गर्न समेत निर्देशन दिएका थिए । 'तपाईहरुले पनि लगानी गर्नुभएको छ भने लगानी बढाउनुस् । आफू निकटकालाई समेत सेयर बजारमा लगानी थप्न भन्नुहोस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नदिनुस् ।' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ । उच्च मनोबलका साथ देशमै लगानी गर्ने, आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुहोला ।'  

प्रम ओलीले सेयर बजारमा देखिएको उत्साहका कारण अन्य क्षेत्र समेत चल्न थालेका उल्लेख गर्दै यसलाई निरन्तर गर्न सकिए बिस्तारै रियल स्टेट, आन्तरिक व्यापारमा समेत चमक आउने विश्लेषण सुनाएका थिए । 'आर्थिक गतिविधि बढेपछि हामीले अर्थतन्त्र चलायमान बनाई समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने आधारस्तम्भ तयार हुनेछ ।' ओलीले भनेका छन्-'सेयर बजारमा देखिएको उत्साह कायम रहेन भने बाँकी क्षेत्रलाई चलायमान बनाउन र सुस्त अर्थतन्त्रलाई गति दिन सकिन्न । त्यसकारण सेयर बजारलाई उच्च प्राथमिकतामा राखेर अभियान सञ्चालन गरौं !'  

उनले सो क्रममा सेयर बजारमा ६३ लाखभन्दा बढी लगानीकर्ताहरुको प्रत्यक्ष सहभागिता रहेको र उनीहरुसँग जोडिएका व्यक्तिहरुको समेत हिसाबकिताब गर्दा निकै ठूलो जनसंख्या यसमा निर्भर रहेको उल्लेख गर्दै यो क्षेत्रको विश्वास जित्न सकिए यसले २०८४ सालको निर्वाचनमा एमालेलाई नम्बर वान पार्टी बनाउनेसम्मको विश्लेषण सुनाएका थिए । 'ठूलो पार्टी बन्न पनि सेयर बजार र लगानीका अन्य क्षेत्रहरुमा उत्साह भर्न आवश्यक छ ।' उनले थपे-'त्यसो हुन सक्यो भने आगामी निर्वाचनमा हामीलाई ठूलो पार्टी बन्न र बहुमत सिट जित्नबाट कसैले रोक्न सक्दैन । देश एमालेकै नेतृत्वमा समृद्ध बन्छ, यहाँका जनतालाई हामीले नै सुखी नागरिक बनाउने हो ।'

उनले सो क्रममा सेयर बजार बढेको बेला विकृति समेत बढ्ने भन्दै त्यस्ता विषयलाई नियन्त्रण गर्ने र पारदर्शी बजार निर्माणका लागि गर्न सकिने सुधारका काम अगाडि बढाउन सँगै रहेका अर्थमन्त्रीलाई समेत निर्देशन दिएका थिए ।   

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.