शनिबार, श्रावण ९,२०८३ 11:25:12
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:25:12
Bizshala
Global IME Bank Limited

गुण्डुस्थित ओली निवासमा प्रहरीले मध्यराति खानतलासी गरेको हो ? यसो भन्छन् उनका स्वकीय सचिव

गुण्डुस्थित ओली निवासमा प्रहरीले मध्यराति खानतलासी गरेको हो ? यसो भन्छन् उनका स्वकीय सचिव
New Office

काठमाण्डौ । ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा प्रहरीले मध्यराति खानतलासी गरेको खबर भाइरल भइरहेको छ । 

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति निवासमा पुगेर छापा मार्दै विस्तृत खोजतलास गरेको स्रोतलाई उद्धृत गर्दै केही मिडियाहरुले दाबी गरेका छन् ।  

सर्वोच्च अदालतले परमादेश जारी गरेलगत्तै गरिएको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको ती समाचारहरुमा विश्लेषण गरिएको छ । अदालतको आदेशपछि तुरुन्तै भएको भनिएको खानतलासीको खबरले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

केही मिडियामा प्रकाशित समाचारमा भनिएको छ:'एमालेका एक पदाधिकारी तहका नेताका अनुसार थप प्रमाण जुटाएर ओलीविरुद्ध अर्को मुद्दा अघि बढाउने उद्देश्यले यस्तो कदम चालिएको हुनसक्छ ।'  

तर, सरकारी निकाय तथा प्रहरीबाट ओली निवासमा खानतलासी गरिएको विषयको स्वतन्त्र पुष्टि भइसकेको छैन । 

ओली निकट पत्रकार तथा एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रहरी गुण्डुमा पुग्दै गरेको भन्नेसम्मको सूचना आएको, तर बाँकी कुरा आफूलाई थाहा नभएको बताए । 

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले गुण्डुस्थित अध्यक्षको निवासमा छापा मारिएको भनेर मिडिया ट्रायल मात्र गर्न खोजिएको दाबी गरे ।  प्रहरीले खानतलासी गरेको विषय भ्रामक रहेको उनको दाबी छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.