बुधबार, बैशाख २,२०८३ 10:40:13
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 10:40:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी महानिरीक्षकको भनाईबारे गरिएको प्रचार असत्यः प्रहरी

Bizshala
ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरी महानिरीक्षकको भनाईबारे गरिएको प्रचार असत्यः प्रहरी
Shivam Cement

काठमाण्डौ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्य रहेको नेपाल प्रहरीले जनाएको छ ।  

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री के। पि। शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रहरी महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओली र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको सूचित गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.