आईतवार, असार २१,२०८३ 04:16:56
Bizshala
  • आईतवार, असार २१,२०८३ 04:16:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङ्काका राजदूतसँग छलफल

Laxmi Sunrise Bank Limited
ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङ्काका  राजदूतसँग छलफल

कठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलङबीच कुुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुुवै देशले लाभ लिन सक्नुुपर्ने विषयमा छलफल भएको थियो ।

राजदूूत डेल्पितीयासंग चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार बार्षिक औषतमा मुुस्किलले २.५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए । नेपालले १ दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको बस्तुु आयात गर्दा ०.७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए ।

New Office
CG Motors
Garima Development Bank

दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृृषि तथा जलविद्युुत, सूूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूुत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो ।

चेम्बरले सातामा कम्तिमा एउटा उडान श्रीलङका–लुुम्विनी एवं लुुम्विनी श्रीलङका सीधा हवाई सेवा संचालन गरेर पर्यटकहरु आर्कषित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलङकका बौद्ध धर्मावलम्वीहरुलाई नेपालमा आर्कषित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै श्रीलङका भ्रमणका लागि जाने नेपाली पर्यटकहरुलाई फ्रि भिषाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसंग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफुुले पहल गरिरहेको बताए । श्रीलंकामा आगामी जुुनमा हुने अन्तराष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उहा“ले आग्रह गरे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.