बिहीबार, श्रावण २८,२०८३ 11:25:42
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 11:25:42
Bizshala
Global IME Bank Limited

एप्पलले सेल्स टिमका कर्मचारी कटौती गर्ने

Prabhu Bank Limited
एप्पलले सेल्स टिमका कर्मचारी कटौती गर्ने
New Office

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले ग्राहकहरुको इन्गेजमेन्ट इफोट बलियो बनाउन सेल्स टिमका कर्मचारी कटौती गर्ने जनाएको हो ।

यो घोषणाबाट न्यून संख्यामा मात्रै कर्मचारी प्रभावित हुने समेत कम्पनीले प्रष्ट पारेको छ ।

कम्पनीले नयाँ कर्मचारी समेत निरन्तर रुपमा भर्ति गरिरहेकाले कामबाट निकालिने कर्मचारीहरुले नयाँ जिम्मेवारीका लागि आवेदन दिन सक्ने एप्पलका प्रवक्ताले बताएको रोयटर्सले जनाएको छ ।

कम्पनीको कर्मचारी कटौतीको निर्णयबाट मुख्य व्यवसाय, स्कुल र सरकारी एजेन्सीहरु सम्हालिरहेका अकाउन्ट म्यानेजरहरु प्रभावित हुने जनाइएको छ ।

यस्तै संस्थागत छलफलका लागि ब्रिफिङ सेन्टर सञ्चालन गर्ने र सम्भावित ग्राहकलाई प्रडक्ट प्रदर्शन गर्ने कर्मचारी समेत यसबाट प्रभावित हुनेछन् । यस कदमको मुख्य टार्गेट भने एजेन्सीहरुसँग काम गर्ने सरकारी सेल्ट टिमलाई बनाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.