एप्पलले ल्याउँदैछ यी ३ नयाँ एआई ग्याजेट्स, कस्ता छन् विशेषता ?
काठमाण्डौ । एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र गतिमा विकास गरिरहेको सन्दर्भमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउन तीन नयाँ (एआई)सञ्चालित वेयरेबल उपकरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले एडभान्स्ड सिरी प्रणालीमार्फत सञ्चालित हुने नयाँ पुस्ताका उपकरणहरू विकास गरिरहेको छ। यस उन्नत सिरीमा गूगलको जेमिनी तथा ओपन एआईको च्याट जीपीटी जस्तै...

