बिहीबार, आश्विन २३,२०८२ 01:33:19
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:33:19
IME remit
Global IME Bank Limited

मस्कले गरे एप्पल र ओपन एआईबीचको सम्झौताको विरोध, एप्पलका प्रडक्टमा प्रतिबन्ध लगाउने चेतावनी

Hyundai Nepal
मस्कले गरे एप्पल र ओपन एआईबीचको सम्झौताको विरोध, एप्पलका प्रडक्टमा प्रतिबन्ध लगाउने चेतावनी
Shivam Cement

काठमाण्डौ । अमेरिकी धनाढ्य तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले आईफोन निर्माता कम्पनी एप्पल र ओपन एआईबीचको सम्झौताको विरोध गरेका छन् । उनले यस सम्झौताका बारेमा सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै विरोध गरेका हुन् ।  

मस्कले एक्समा लेखेका छन्,‘यदि एप्पल र ओपन एआईबीच सम्झौता हुन्छ भने हामी कम्पनीमा एप्पलका प्रडक्टहरु प्रयोग गर्न रोक लगाउने छौं । यो एउटा अमान्य सुरक्षाको उल्लंघन हो ।’

एप्पलले कृत्रिम बौद्धिकता(एआई)लाई आफ्नो डिभाइसमा अझै परिष्कृत बनाउनका लागि च्याटजीपीटी निर्माता कम्पनी ओसपन एआईसँग साझेदारी गर्ने घोषणा गरेको छ । कम्पनीको यो निर्णयका कारण आफ्नो व्यक्तिगत डेटाहरु सुरक्षित नहुने भन्दै एप्पलका प्रयोगकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मस्कले कम्पनीमा आउने अन्य भिजिटर्सहरुसँग पनि एप्पलको डिभाइस छ कि छैन भन्ने बारे जाँच गरिने बताएका छन् । जाँचका क्रममा एप्पलका डिभाइस पाइएमा डिभाइस इन्ट्री गेटमै जम्मा गरिने बताए ।  

यस्तै मस्कले एप्पलले आफै एआई बनाउन नसक्ने र प्रयोगकर्ताको डेटा सुरक्षित नहुने भन्दै विरोध गरेका छन् ।  

एप्पल विशेष गरी बलियो सुरक्षाका लागि परिचित छ ।  -एजेन्सी

 

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.