काठमाण्डौ । चीनमा आईफोन निर्माता कम्पनी एप्पलको आपूर्ति २५ प्रतिशतले घटेको छ । अनुसन्धानकर्ता कम्पनी क्यानालिसको आँकडाअनुसार सन् २०२४ को चौथो त्रैमाससम्म चीनमा एप्पलको आपूर्ति २५ प्रतिशतले घटेको हो ।
यो अवधिमा एप्पलले १३.१ मिलियन युनिटबराबरको आईफोन आपूर्ति गरेको छ । चीनमा कम्पनीको बजार हिस्सा १७ प्रतिशत रहेको छ र कम्पनी स्मार्टफोन चीनमा शस्र्ष स्थानमा रहेको छ ।
एप्पललाई चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले टक्कर दिईरहेको छ । हुवावेले १२.९ मिलियन युनिटका साथ १७ प्रतिशत बजार हिस्सा ओगटेको छ । हुवावेको आपूर्ति अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले धेरै हो ।
बढ्दो प्रतिष्पर्धासँगै एप्पलले आफ्नो बजार हिस्सा कायम राख्न चिनियाँ बजारमा विभिन्न छुटको व्यवस्था गरिरहेको छ ।