मंगलवार, असार १७,२०८२ 01:22:18
  • मंगलवार, असार १७,२०८२ 01:22:18
Global IME Bank Limited

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०% लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?

Hyundai Nepal
बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०%  लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारको बादशाहको उपनामले परिचित बारेन बफेट आफ्ना लगानी रणनीतिका कारण चर्चित छन् । बफेटको कम्पनी बर्कशायर हाथवेले एउटा मात्रै कम्पनीमा आफ्नो पोर्टफोलियोको झण्डै ५० प्रतिशत लगानी गरेको छ ।  

बर्कशायर हाथवेले त्यो कम्पनीमा ३६४ अर्ब डलर लगानी गरेको छ । बफेटले पैसा बर्साएको त्यो कम्पनी हो,एप्पल ।  

एप्पलमा बर्कशायर हाथवेको कुल पोर्टफोलियोको ४३ प्रतिशत हिस्सा रहेको छ । बर्कशायरका लागि एप्पल सबैभन्दा मुनाफामुलक भेन्चरका रुपमा रहेको छ ।  सन् २०१६ पश्चात एप्पलबाट बर्कशायर हाथवेले ३७५ प्रतिशतभन्दा धेरै प्रतिफल प्राप्त गरिसकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एप्पलप्रति बफेट के कारणले आकर्षित भए ?

बफेटले सन् २०१६ देखि एप्पलमा लगानी गर्न सुरु गरेका थिए । बफेटले लगानीका लागि एप्पललाई रोज्नुलाई उच्च गुणस्तरको व्यवसाय र वृद्धिको सम्भावनाप्रति बफेटको रुचिलाई दर्शाउँछ ।  

एप्पलको प्रतिष्ठित ब्राण्ड र मूल्यमा भएको पकड तथा विस्तारयोग्य हार्डवेयरले यसलाई बजारको अग्रेणीको रुपमा उभ्याएको छ । सन् २०२३ मा आइफोन एक्लैले बिक्रीमार्फत २०१ अर्ब डलर आर्जन गरेको थियो । बफेटले एप्पल जस्तै कोका–कोला र अमेरिकन एक्सप्रेस जस्ता बलिया ब्राण्डलाई लगानीको पहिलो रोजाई बनाएका छन् ।  

एप्पलको राम्रो प्रफिट मार्जिन,नगद प्रवाह र उत्साहजनक ब्यालेन्स सिटका कारण बफेट कम्पनीमा लगानी गर्ने निर्णयमा पुगेका  हुन् ।  

बर्कशायरको पोर्टफोलियो र लगानी रणनीति

लगानीकर्ताले मुख्यतःलगानीको प्रेरणाका लागि बर्कशायर हाथवेलाई पछ्याउने गर्छन । तर वर्तमान समयमा परिवर्तन भईरहेको एप्पलको भ्यालुएसन र वृद्धिको सम्भावनालाई हेर्ने हो भने अन्य अवसरहरुको खोजी गर्नु बुद्धिमानी हुन सक्ने विज्ञहरुले बताएका छन् । मोर्टले फुल स्टकका सल्लाहकारले राम्रो प्रतिफल दिने अन्य स्टकहरुका बारेमा बताएका छन् । उनले परिवर्तशील बजारमा पोर्टफोलियो विविधिकरण गर्न र बजार अनुकुल लगानी गर्न सुझाव दिएका छन् ।  

अहिले एप्पलको पीई रेसियो २६.६ गुणा रहेको छ । बफेटले लगानी सुरु गर्दा कम्पनीको पीई रेसियो १०.६ गुणा थियो ।  

कम्पनीले अहिले सामना गरिरहेको सुस्त वृद्धि आँकलनले बफेट कम्पनीमा कतिन्जेल टिकिरहन्छन् त्यो हेर्न भने बाँकी नै छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.