सोमबार, असार १५,२०८३ 10:21:52
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:21:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !

Laxmi Sunrise Bank Limited
१५० देशका आईफोन प्रयोगकर्तालाई एकैपटक खतरा !

काठमाण्डौ । टेक दिग्गज एप्पलले एकै साथ १५० देशका आईफोन प्रयोगकर्ताहरूलाई ठूलो खतराबारे चेतावनी दिएको छ। यो ‘मर्सनेरी स्पाइवेयर अट्याक’ को खतरा हो। यी आक्रमणहरू सामान्य साइबर आक्रमणभन्दा खतरनाक हुने कम्पनीले जनाएको छ ।

साइबर अपराधीहरूले केही व्यक्ति र उनीहरूको आईफोनलाई निशाना बनाउन खोजिरहेको जनाइएको छ । एप्पल आफ्ना प्रयोगकर्ताहरूको बारेमा चिन्तित भएको र  उनीहरूलाई यो खतराबाट बचाउन चाहेको जनाएको छ। कम्पनीले यी आक्रमणहरूको पछाडि जो कोही छन्, उनीहरूसँग धेरै पैसा र स्रोतहरू भएकाले यो आक्रमण सामान्य साइबर आक्रमणहरू भन्दा ठूलो र गम्भीर भएको उल्लेख गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

रिपोर्टहरूका अनुसार मर्सनेरी स्पाइवेयर अट्याकको विधि समयसँगै परिवर्तन भइरहन्छ । त्यसैले आक्रमणको शैली र ढाँचा कस्तो हुनेछ भन्ने स्पष्ट रूपमा भन्न नसकिने जनाइएको छ। एप्पलले आफ्नै अनुसन्धानबाट यस्ता आक्रमणहरू पत्ता लगाउने गर्दछ । यस प्रकारको आक्रमण धेरै पैसा खर्च गरेर गरिन्छ र धेरै कम मानिसलाई निशाना बनाइने जनाइएको छ । यसकारण यस्तो आक्रमण रोक्न गाह्रो छ।

यद्यपी चयन गरिएका व्यक्तिहरू मात्र यस्तो आक्रमणको सिकार हुने गर्छन् । जसका कारण ठूलो संख्यामा एप्पल प्रयोगकर्ताहरू यसबाट प्रभावित भने नहुने जनाइएको छ ।  

रिपोर्टका अनुसार, मर्सनेरी स्पाइवेयर अट्याक भएको खण्डमा एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई एप्पल खातासँग सम्बन्धित इमेल ठेगाना र आईम्यासेजमा सूचना पठाउँछ। यस बाहेक, account.apple.com मा साइन इन गर्दा अलर्ट पनि पाउन सकिन्छ। कम्पनी आफ्नो वेबसाइट मार्फत २४ सै घण्टा र हप्ताको सातै वेबसाइटमार्फत जोडिरहन्छ ताकि स्थिति समाधान गर्न सकियोस् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एप्पलले प्रयोगकर्ताहरूले सधैं आफ्नो उपकरणहरू नयाँ सफ्टवेयरको साथ अद्यावधिक राख्नुपर्ने सुझाव दिएको छ। कम्पनीका अनुसार मोबाइलमा पासवर्ड सेट हुनुपर्छ, जुन बलियो हुनुपर्छ।  

यसबाहेक, दु फ्याक्टर औथेन्टीकेशन पनि राख्नुपर्छ। यदि कुनै सन्देश संदिग्ध देखिन्छ वा कुनै संलग्न शंकास्पद छ भने, त्यसलाई खोल्नु हुँदैन। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.