शनिबार, जेष्ठ २,२०८३ 06:17:35
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:17:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकी ट्यारिफका कारण आईफोनको मूल्य तीन गूणासम्म बढ्न सक्ने !

Laxmi Sunrise Bank Limited
अमेरिकी ट्यारिफका कारण आईफोनको मूल्य तीन गूणासम्म बढ्न सक्ने !
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफ कार्यान्वयनमा आएसँगै अमेरिकी उपभोक्ताहरुले लत्ता कपडादेखि विद्युतीय सामग्रीहरुको मूल्यवृद्धिको सामना गर्नुपर्ने भएको छ । यसैबीच एकजना दिग्गज टेक विश्लेषकले अमेरिकामा निर्मित आईफोनको मूल्य तेब्बरसम्मले वृद्धि हुनसक्ने दाबी गरेका छन् ।

वेडबस सेक्युरिटिमा टेक्नोलोजि ग्लोबल हेडको रुपमा कार्यरत ड्यान इभ्सले ट्याफिका कारण अमेरिकामा निर्मित आईफोनको मूल्य ३ हजार ५ सय डलरसम्म पुग्न सक्ने बताएका छन् ।

अहिले भने आईफोनको मूल्य करिब १ हजार डलर रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उनका आर्थिक अधिकारीहरुले ट्यारिफका कारण धेरै अमेरिकीहरुले रोजगार पाउने बताउदै आएका छन् । तर इभ्सले भने यो केवल दन्त्यकथा मात्रै बन्ने बताएका छन् ।  

Bizshala
New Office
CG Motors

यस्तै उनले अमेरिकामा १० प्रतिशत आपूर्ति पुर्याउन एप्पल कम्पनीलाई ३० अर्ब डलर आवश्यक पर्ने दाबी समेत गरेका छन् । अमेरिकी कम्पनीहरु धैरै नाफा दिने सफ्टवेयर विकास तथा प्रडक्ट डिजाइनमा लागेसँगै स्मार्टफोनको उत्पादन र एसेम्बिलङ एक दशकअघि एशियामा सिफ्ट भएको थियो । यो कदमले एप्पललाई विश्वकै मूल्यवान कम्पनी बन्न र विश्व स्मार्टफोन बजारमा आफ्नो दबदबा कायम गर्न सहयोग पुर्याएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

ट्रम्पले कार्यभार सम्हालेदेखि एप्पलको सेयरमूल्यमा २५ प्रतिशतको गिरावट आईसकेको छ । ट्रम्पको ट्यारिफका कारण कम्पनीको आपूर्ति श्रृखला प्रभावित हुने चिन्ता प्रकट भएको छ । एप्पल आपूर्ति श्रृखलाका लागि मुख्यतःचीन र ताइवानमा निर्भर रहदै आएको छ । यी दुई देशमाथि ट्रम्पले भारी ट्यारिफको घोषणा गरेका छन् ।  

गत फेब्रुअरीमा एप्पलले ट्यारिफबाट बच्न आगामी चार वर्षसम्म अमेरिकामा ५०० बिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.