बिहीबार, श्रावण २८,२०८३ 11:27:08
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 11:27:08
Bizshala
Global IME Bank Limited

साइबर सुरक्षा एप इन्स्टल गर्ने भारत सरकारको निर्देशन मान्न एप्पलद्वारा अस्विकार

Prabhu Bank Limited
साइबर सुरक्षा एप इन्स्टल गर्ने भारत सरकारको निर्देशन मान्न एप्पलद्वारा अस्विकार
New Office

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले भारत सरकारद्वारा साइबर सुरक्षा एप,‘सञ्चार साथी’ इन्स्टल गर्न जारी गरिएको निर्देशन पालना गर्न नसकिने जनाएको छ । भारत सरकारले एप्पल, सामसुङ र साओमी जस्ता स्मार्टफोन निर्माता कम्पनीहरुलाई सरकारी स्वामित्वको साइबर सुरक्षा एप प्रिलोड गर्न निर्देशन दिएको थियो ।

भारत सरकारले ती कम्पनीहरुलाई आफ्नो मोबाइलमा सञ्चार साथी एप प्रिलोड गर्न ९० दिनको समय दिएको छ । यो एप हराएको मोबाइल पत्ता लगाउन, ब्लक गर्न र गलत प्रयोग हुनबाट जोगाउन प्रयोग हुने भारत सरकारले जनाएको छ ।

यस्तै भारत सरकारले यो एप डिसएबल गर्न नसकिने गरी इन्स्टल गर्न समेत निर्देशन दिएको छ । अहिले भने यो एप डिलिट गर्न सकिन्छ ।

यो एपका बारेमा भारतका विपक्षी पार्टीहरुले यसले प्रयोगकर्ताको गोपनियता भंग हुने भन्दै चर्को विरोध गरेका छन् । यसैबीचमा अमेरिकी कम्पनी एप्पलले पनि उक्त एप प्रिलोड गर्न नसकिने स्पष्ट पारेको हो ।  एप्पलले विश्वका अन्य देशमा पनि यस्तो खाले निर्देशन नमान्ने भएकाले भारत सरकारको निर्देशन पनि मान्न नसकिने जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.