बिहीबार, असार १२,२०८२ 01:42:07
  • बिहीबार, असार १२,२०८२ 01:42:07
Global IME Bank Limited

आईफोनको मूल्य बढाउदै एप्पल

Hyundai Nepal
आईफोनको मूल्य बढाउदै एप्पल
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी कम्पनी एप्पलले आईफोनको मूल्य बढाउने भएको छ । कम्पनीले अब आउने आफ्ना आईफोन लाइनअपको मूल्य बढाउने योजना बनाएको हो ।  

यद्यपी कम्पनीले यो मूल्यवृद्धिलाई अमेरिकी ट्यारिफको प्रभावको परिणाम मान्न अस्वीकार गरेको छ । अधिकांश आईफोन चीनमा एसेम्बल हुने गर्छ ।  

कम्पनीको सेयरमूल्य आज प्रि–मार्केट टे«डिङमा ७ प्रतिशतले बढेको छ । सोमबार अमेरिका र चीनबीच अस्थाई रुपमा ट्यारिफ घटाउने सम्झौता भएको थियो । जसका कारण अमेरिकी सेयर बजारमा सुधार देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यद्यपी अहिलेपनि अमेरिकामा आयात हुने चिनियाँ वस्तुहरुमा ३० प्रतिशत ट्यारिफ भने यथावत नै रहेको छ । पछिल्लो समय चीन अमेरिकाबीचको व्यापारिक द्धन्द्धका कारण सबैभन्दा बढी प्रभावित हुने कम्पनीहरुमध्ये एप्पल पनि एक हो ।  

आईफोनको मूल्य बढेपश्चात ट्यारिफका कारण विश्व आपूर्ति श्रृंखला प्रभावित बनेर उच्च लागतको सामना गरिरहेको एप्पललाई राहत पुग्ने विश्वास गरिएको छ । यतिेबला कम्पनी भारतमा आफ्नो उत्पादन सिफ्ट गर्न बाध्य बनेको छ ।  

केही समयअघि एप्पलले ट्यारिफका कारण अप्रिल–जुन त्रैमासमा कम्पनीको खर्च ९०० मिलियन डलरले थपिने जनाएको थियो ।  

विज्ञहरुले आईफोनको मूल्य बढ्न सक्ने आँकलन गर्दै आईरहेका थिए । उनीहरुले आईफोन मूल्य बढे यसले सामसुङ जस्ता प्रतिष्पर्धि कम्पनीहरुलाई एआई फिचर्सका साथ ग्राहकहरुलाई आकर्षिकत गर्न सहयोग पुग्ने चेतावनी दिएका थिए ।  

हालै मात्रै आईफोनको सबैभन्दा सस्तो मोडल ,‘आईफोन १६’ अमेरिकामा लञ्च गरिएको थियो । जसको मूल्य ७९९ डलर निर्धारण गरिएको थियो । तर गत महिनाले रोजेनबलाटले गरेको प्रक्षेपणमा ट्यारिफका कारण यसको मूल्य १ हजार १४२ डलरसम्म पुग्ने जनाइएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.