काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न आफुमातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०र८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । अर्थ सचिव कृष्ण हरी पुष्कर विदेशबाट फर्किय लगत्तै मन्त्री पुनको यस्तो निर्देशन आएको हो ।
लामो समयसम्म नियामक निकाय नेतृत्वविहनि हुनु राम्रो नभएको र यो प्रक्रिया चार्ड सकाउन उनले निर्देशन दिएका छन् ।
अर्थमन्त्रालय स्रोतका अनुसार अब ५ जनाको सर्टलिष्टको कार्य छिटै अगाडी बढ्ने छ । यस अघि सरकारले १५ दिनको समय अवधि दिएर बोर्ड अध्यक्षको आवेदन माग गरेको थियो । सरकारले छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बाहदुर श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति तय गरेको छ ।