शनिबार, श्रावण २,२०८३ 08:40:18
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:40:18
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीसँग वार्तामा बस्नुअघि लगानीकर्ताको 'होमवर्क', पूँजीबजार सुधार आयोग गठनसहित १७ बुँदे माग

अर्थमन्त्रीसँग वार्तामा बस्नुअघि लगानीकर्ताको 'होमवर्क', पूँजीबजार सुधार आयोग गठनसहित १७ बुँदे माग
New Office

काठमाण्डौं । अघिल्लो साता आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले सरकारसँग वार्ताका लागि १७ बुँदे मागहरुको मस्यौदा तयार गरेका छन् ।  

लगानीकर्ताहरुले सरकारको आग्रहमा एकदिन(गत शनिवार) प्रदर्शनपछि आन्दोलन स्थगन गरेका थिए । वार्ता समितिका एक सदस्यले दिएको जानकारी अनुसार ढिलोमा शुक्रबारसम्ममा अर्थमन्त्रीसँग लगानीकर्ताहरुको वार्ता हुनेछ ।  

लगानीकर्ताहरुले बिहीबार नै कारोबार समयपछि अर्थमन्त्रीसँग भेट्न चाहेका पनि ती सदस्यले बताए ।  

अर्थमन्त्रीका सल्लाहकारहरुले सेयर लगानीकर्ताहरुले उठाएका मागहरुको सम्बोधन गर्ने बचन दिएपछि सोही आधारमा १७ बुँदे अजेण्डाको मस्यौदा तयार गरिएको पनि बताइएको छ । 

लगानीकर्ताहरुले अर्थमन्त्रीसँगको वार्तामा सम्बोधन हुनैपर्ने भनी तयार अजेण्डा निम्नअनुसार छन्:

१. हाल कायम सेयर धितो कर्जाको १५÷२० करोडको क्याप हटाइनु पर्ने  

२. सबै खालका सेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्नु पर्ने  

३. पूँजीबजारमा विदेशी लगानीकर्तालाई भित्र्याइनुपर्ने

४. प्रिमियममा आईपिओ ल्याउन रोक्नुपर्ने  

५.ब्रोकरमार्फत नै मार्जिन कारोबारको ब्यवस्था गर्नु पर्ने  

६.संस्थागत लगानीकर्ताहरुलाई सेयर कारोबारमा सहज गर्नुपर्ने 

७.सेयर कारोबारमा लाग्दै आएका कतिपय अव्यवहारिक नीतिहरु सहज गर्नुपर्ने  

८. पाइपलाइनमा भएका हकप्रदलाई स्वीकृति दिनुपर्ने  

९. जलविद्युतमा निजीकरणको व्यवस्थालाई परिमार्जन गरिनुपर्ने

१०. म्युचुअल फण्डहरुलाई व्यवस्थित गरिनुपर्ने

११. अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्नेे  

१२ नेप्सेको पुनरसंरचना गरिनुपर्ने

१३. डीपी फी २५ रुपैयाँबाट घटाउनुपर्ने  

१४. बाफियालाई संसोधन गरी व्यवहारिक बनाइनुपर्ने

१५. पूँजी बजार सुधारका लागि स्वतन्त्र पूँजीबजार सुधार आयोग बनाइनुपर्ने  

१६ संस्थाहरुको लकिङ पिरियड खुलेता पनि ३० प्रतिशत सेयर बेच्न नपाइने व्यवस्था ल्याइनुपर्ने

१७.धितोपत्र बोर्डको अध्यक्ष जतिसक्दो छिटो नियुक्ति गरिनुपर्ने

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.